बाल कथा: "भुनेको दसा"
बाल कथा शीर्षक:"भुनेको दसा" खड्कुलाेमा पानी भकभकी उम्लिरहको थियो। गाउँमा खसी मार हान्ने काम भैरहेको थियोे। नरेन्द्रको बुवा खुकुरी उदाइरहेका थिए सिल-ढुङ्गामा। नरेन्द्र भने डराइरहेको थियो। उसको साथी भुनेलाई काटेर खादैछ्न भन्ने भित्रभित्रै गढ्याे। सधैं स्कुलबाट आएपछि भुनेसङ्ग धित मरुन्जेल खेलेर रमाउने गर्थ्यो। नरेन्द्र आउने बित्तिकै दुइटा कान हल्लाएर म्या गर्ने भुने आज मर्न लागेको देखेर नरेन्द्र रोयो। तर जतिसुकै रोईकराइ गरेपनि नरेन्द्रको अलापबिलाप कस्ले सुन्थ्यो र? "बा बा!भुनेलाई नकाट्नु है!" नरेन्द्र बा छेउ गएर अँखामा टिलपपल आसु पार्दै अनुरोध गर्छ। "होइन यो के भन्छ?" बाख्रापाठा काटेर खानकै लागि पालेको हो।" बा झोक्किन्छ्न। नरेन्द्र नाजवाफ हुन्छ। उता मार हान्ने मान्छे एक हात लामो खुकुरी हातमा लिएर आउँदा नरेन्द्रलाई खपी नसक्नु भो। बाले नव दुर्गाको प्रसाद भनेर फुलपाती र अक्षता लिइ बोकोलाई पुजा गर्न थाल्नु भो। अनि अम्खोरामा पानी लिएर दुबै कान,खुर र डडाल्नुमा पानी खन्याउनु भो। तर बोको धेरै बेर पर्सेन। मार हेर्न आएका रमितेले बोको नपर्सनुमा देवी...