गजल दुनियाँलाई के थाहा ? सहनु कति गार्हो हुन्छ बाड्न नमिल्ने रहेछ दु : ख , सहनु कति गार्हो हु न्छ। चर्किन्छ मुटु चिरिन्छ छाती पीडाले पोल्दछ आकाशले थिचे जस्तै , सहनु कति गार्हो हुन्छ । जसमाथी पर्यो दैवको लाठो सास्ती ऊ भोग्दछ कठैबरा भन्ने हुन अरु सबै सहनु कति गार्हो हुन्छ । अचानोको पिर खुकुरीलाई के थाहा ? चोट धेरै खान्छ न सकिने गरिखान नत मरि जान , सहनु कति गार्हो हुन्छ । प्रारब्धले छ लेपछि काला बादलले नपाउने गोता पाइन्छ इश्वरको निष्ठुरी खेलमा परेपछि सहनु कति गार्हो हुन्छ । भोला दुलाल(निर्मोहि)
Posts
कविता शीर्षक:”खबरदार“
- Get link
- X
- Other Apps
कविता शीर्षक: "खबरदार" खरानी खोज्न घर जलाउनेलाई खबरदार! धर्मको नाउँमा एकता चलाउनेलाई खबरदार!! सदियौँ देखिको भाइचारा ढलाउनेलाई खबरदार!!! देशको अस्मिता बेच्न जुटेकालाई खबरदार! जातका नाउँमा भावना टुटेकालाई खबरदार!! आस्थाको नाउँमा देसको स्वाभिमान भुलेकालाई खबरदार!!! बन्द कोठामा षड्यन्त्र बुन्नेलाई खबरदार! शान्तिको मार्ग छोडेर अशान्ति चुन्नेलाई खबरदार!! शान्त समाजलाई भंगालोमा हुल्नेलाई खबरदार!!! -निर्मोही
"विवशतामा बाँचेको म"
- Get link
- X
- Other Apps
कविता अनिदो रातमा मनभित्र उब्जिएका एक चाङ संसयहरु बिर्सिएका स्मृतिले पुनः नुनचुक लगाउछन। घाउ बल्झिन्छ,दन्किन्छ आगो र पोल्छ भत्भती अन्तरमनका सम्बेग उछालिन्छ्न समुद्रको छालजस्तै चिसो अँध्यारोमा एउटा बिम्ब टल्किन्छ फेरि निभ्छ निरन्तर लुकामारी जारी गर्छ दुनियाँ,प्रतिक्रियाको प्रतिक्रिया दिन्छ त्यो मर्ममाथि खेल्छ दानवी हाँसोको खित्का छोड्छ अनि रुमल्याउँछ मरभूमिमा मृग रुमलिएझैं बेसहारा मन लिएर जीवन रूपी डुङ्गामा सयर गर्दैछु पूर्व क्षितिजमा एउटा आशाको सुक्ष्म किरण अंकुरण हुन्छ त्यही अंकुरित बिम्बको सहारा खोजिरहेछु हो म विवशतामा बाँचिरहेछु। -निर्मोही(२०८२-०१-२३)
लघु कथा:महसुस
- Get link
- X
- Other Apps
"धत् अहिलेको जमानामा पनि मन नमिलेपछि लोग्नेसङ सङै बसिन्छ त?"उर्मिला निकै फुर्तिले कुरा गर्छे।उता प्रतिमाले धक मान्दै भन्छिन् "होइन बाउले आँगन पोलेर सुम्पेको सम्बन्ध त्यसै तोडिएला र?" " कस्तो कुरा गर्छेस् प्रतिमा तँ?एक्काइसौं शताब्दीमापनि हामी लोग्नेको प्यादा बनेर बस्ने हो र? जहाँ सम्बन्ध निभाउन श्रीमतीले मात्रै पर्ने होइन नि!"उर्मिला प्रतिमालाई लोग्नेसङको सम्बन्ध तोड्न उक्साउँछे। प्रतिमाका बाबु राम्रै कुल,खानदान र घरानामा सम्बन्ध जोडियो भन्दै खुशी थिए।तर लोग्ने जँडिया भयो भन्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरि जिल्ला अदालतमा प्रतिमाले।रक्सीले मात्तिएर ठाउँ कु ठाउँ कुट्ने भएकोले सम्बन्ध विच्छेद गर्नुपरेको हो भन्ने दलिल प्रतिमाको थियो।उता उर्मिला यस अघिनै डिभोर्सी छदै थिइ।बाँदरले आफ्नो घरपनि लडाउँछ अरुको घरपनि लडाउँछ भनेझैं उसले आगोमा घ्यु थपिदिन्थि।विचरा प्रतिमाका बाबु जसले छोरीको स्याहारसुसार सानैदेखि गरे।आमा बितेपनि आमाको कमि महसुस हुन दिएनन् उनले।दिन बित्दै गयो।अदालतले सम्बन्ध विच्छेदको फाइल सदर गर्ने मिति पनि जतिजति नजिकिदै थियो उतिउति प्रतिमाको मनमा...