बाल कथा : भुरी र बाघ
बाल साहित्य कथा शीर्षक:"भुरी र बाघ" निकिता स्कुलबाट आउने बित्तिकै हातमुख धोएर,खाजा खाइवरी हजुरबाको नजिक गएर कथा सुन्न मन पराउथी।हजुरबापनि कथाको खानिनै हुनुहुन्थ्यो।कहिले भूत त कहिले अजङ्गको मान्छे खाने राक्षस त कहिले चोरहरुको कथा भनेर निकिताको मनमा डर उत्पन्न गराउन सिपालु हुनुहुन्थ्यो।एकदिन निकिताले अर्कै कथा भन्न हजुरबालाई जिद्दी गर्न लागि उक्त दिन हजुरबा भने कथा नभन्ने सुरमा हुनुहुन्थ्यो।हजुरबाले निकिताको अगाडी कथा नभनीकन सुख पाउनु भएन।बच्चाहरु स्वाभावले नै जिद्दी हुन्छन भन्नेमा हजुरबाले राम्रोसँग बुझ्नु भएको थियो।बालहठलाई कसैलेपनि नकार्न सक्दैन।"ल त्यसो भए म आज अर्कै कथा भन्छु,बीचमा छोडेर भाग्न पाइदैन नि!"हजुरबुवाले निकितालाई कायल पार्नु भयो।अघिपछि निकिता बिचैमा कथा छोडेर निद्रा लाग्यो भनेर जान्थी।तर आज हजुरबाले पहिलेभन्दा फरक कथा भन्ने भनेपछि आनन्द मानेर सुन्ने बाचा गरि उसले। हजुरबाले कथा सुरु गर्दै हुनुहुन्थ्यो,एकादेसमा एउटा भुरी थिइ।भुरी असाध्यै चकचके थिइ।उ अरुको कुरा पटक्कै सुन्दिन थिइ।आमाले नचिनेको मान्छेसङ नबोल्नु,कसैले केही दिन्छु खाउ भनेर दियो भने नखा...