बाल कथा: जुरेलीको गुंड
बाल कथा शीर्षक:"जुरेलीको गुंड" "बा!बा! त्यो पैयुको हागा नकाट्नु है, तेसमा जुरेलीको गुंड छ। अस्तिमात्रै बच्चालाई चारो खुवाइरहेको मैले देखेको थिएँ। " मैया बालाई सम्झाउदै थिइ। बा भने आफ्नो सुर छोड्नेमा हुनुहुदैनथ्यो। खुर्पा ढुङ्गामा घोट्दै आज यि पैयुका हागा नछिमोली भएन भनेर अगाडि सर्नुभयो। मैया फेरी बालाई भन्न लागि, "बा सुन्नुभएन ? त्यहाँ जुरेलीको गुंड छ भनेर?" किन किन मैयाले घर छेउको पैयुको रुखलाई असाध्यै माया गर्थी। ऊ नजन्मदै ठूलो थियो रे त्यो रुख। हजुरआमाले भन्नुभएको त्यहाँ थलिचराका गुंड धेरै हुन्थ्यो रे। काग,ढुक्कुर र कुक्कु चराको त बासै अन्त हुँदैन थ्यो रे। बाले बेला-बेलामा हागा छिमोलेर नफस्टाएको रे त्यो रुख। मैया जन्मेकोपनि अहिले सात-आठ वर्ष भैसकेको छ। उसले जान्दाजान्दै झ्याम्म परेको पैयुको बोटमा चैत वैशाख मा राताराता गेडा फल्थे। मैयाले ति राता पैयुका गेडा खाएपछि मातलागेर झन्डै.....! बिहानै नजिकै आएर पैयुको रुखमा चरा कराएको आवाज सुन्दा मैया प्रफुल्ल हुन्थी। माघ-फागुनमा लटरम्म फूल फुलेको हेर्दा मैया असाध्यै खुशि हुन्थी। धेरै पटक त उसले ...