Posts

Showing posts with the label short story

लघुकथा

बा र आमा  आज निकै चिन्तीत देखिन्छन । बा : छोरोले फोन गर्यो? आमा: छैन। बा: सानीलेनी? आमा: अहँ। बा महि तुल्याउन सामान तयार गर्दै थिए्। आमाचैँ चुल्हो तयार गर्न थालीन। "आज सुन पसलबाट फोन आको थ्यो।" " अनी?" " पैसा माग्दैथ्यो" - आमाले लोरी फुक्दै भनीन। " भैगो, अबको पेन्सनले सबै तिरीन्छ, तेरो सुन कतै जाँदैन।" " कस्तो चक्कर लाग्या लाग्यै छ भन्या।" " औषधी खान बिर्सीस कि, के हो?, तँलाइ त जति भनेनि लाग्दैन।" बाले मही घ्वार-घुर पार्न थाले। " बिहानै भारी बोकेर खेत गएसी, भर्खर त घर आउदैछु, कसरी खानुनी?" " विचार गरे दु:ख पर्दैन क्या।" ... ... खाना खाइ-ओरी सुत्नुअघि बालाइ चुरोट पिउनै पर्छ। बुढा धुवाँ उडाउदै टोलाइरहेका थिए। आमा सानो भाँडो लिएर बाको नजिक आइन। "मेथीको गन्ध आयो त !" "जिउ दुख्दैन क्या !" - आमाले अलिकति तेल हातमा लिएर बाको खुट्टा मालिस गर्न थालिन। बाले केहि प्रतिक्रीया जनाएनन्। उनलाइ जिउ सन्चो हुँदै थियो, र चुरोट हातमै थियो। "खोइ छोड। म आफैँ मालिस गर्छु।" आमाले केही नभनी मालिस गर्दै...