बाल कथा: "सुनमाया "
बाल कथा शीर्षक:"सुनमाया " डोल्मा र सुनमाया असाध्यै मिल्ने साथी थिए। ऊनीहरु एक आपसमा यति मिल्थेकी गाउँमा सुनमाया र डोल्माको उदाहरण नै दिन्थे गाउले हरु। पढाई पनि सुनमायाको र डाेल्माको असाध्यै तेज थियो। सुनमायाको गाउँ र डाेल्माको गाउँ अलि फरक थियो। ऊनीहरुको सम्बन्ध आपसमा मात्रै सिमित थिएन। दुबैतिरका परिवारका सदस्यहरुको आपसी सम्बन्धपनि उत्तिकै प्रगाढ थियो। सुनमाया डाेल्मा भन्दा अलि गरिब परिवारकी थिई। तर डाेलमाको परिवारले सुनमायालाई त्यस्तो महसुस हुन दिएनन। एक दिन सुनमायाले डाेल्मालाई भनिन्,"मेरो आमा बिरामी हुनुहुन्छ रे। म यत्तिका दिन भैसक्यो तिम्रो घरमा बसेको। अब म जान्छु।" सुनमाया हिउँदमा विद्यालयबाट घर फर्किन अबेर हुने भएकोले डाेल्माको घरमा बसेर पढ्ने गर्थिन। उनले डाेल्मालाई गणितमा सहयोग गर्थिन। सुनमाया अङ्ग्रेजीमा अलि कमजोर थिइन। दुबैजना आपसमा छ्लफल गरेर पढ्थे। समय वित्त्दै गयो। एउटा ओछ्यानमा सुत्दा कहिलेकाहीँ खुट्टा जुध्छ भनेजस्तै डाेल्मा र सुनमायाको सम्बन्धमा अलि चिसोपन आयो। कारण त्यति ठूलो त होइन थियो। एकदिन डाेल्माको घरमा पैसा हरायो। खुल्दुली चल्यो...