बाल कथा: "सुनमाया "

बाल कथा 
शीर्षक:"सुनमाया "
डोल्मा र सुनमाया असाध्यै मिल्ने साथी थिए। ऊनीहरु एक आपसमा यति मिल्थेकी गाउँमा सुनमाया र डोल्माको उदाहरण नै दिन्थे गाउले हरु। पढाई पनि सुनमायाको र डाेल्माको असाध्यै तेज थियो। सुनमायाको गाउँ र डाेल्माको गाउँ अलि फरक थियो। ऊनीहरुको सम्बन्ध आपसमा मात्रै सिमित थिएन। दुबैतिरका परिवारका सदस्यहरुको आपसी सम्बन्धपनि उत्तिकै प्रगाढ थियो। सुनमाया डाेल्मा भन्दा अलि गरिब परिवारकी थिई। तर डाेलमाको परिवारले सुनमायालाई त्यस्तो महसुस हुन दिएनन।
एक दिन सुनमायाले डाेल्मालाई भनिन्,"मेरो आमा बिरामी हुनुहुन्छ रे। म यत्तिका दिन भैसक्यो तिम्रो घरमा बसेको। अब म जान्छु।" सुनमाया हिउँदमा विद्यालयबाट घर फर्किन अबेर हुने भएकोले डाेल्माको घरमा बसेर पढ्ने गर्थिन। उनले डाेल्मालाई गणितमा सहयोग गर्थिन। सुनमाया अङ्ग्रेजीमा अलि कमजोर थिइन। दुबैजना आपसमा छ्लफल गरेर पढ्थे। समय वित्त्दै गयो। एउटा ओछ्यानमा सुत्दा कहिलेकाहीँ खुट्टा जुध्छ भनेजस्तै डाेल्मा र सुनमायाको सम्बन्धमा अलि चिसोपन आयो। कारण त्यति ठूलो त होइन थियो। एकदिन डाेल्माको घरमा पैसा हरायो। खुल्दुली चल्यो। मान्छे कागले कान लग्यो भनेर कागको पछि दगुर्छ तर आफ्नो कान छाम्दैन भनेजस्तै डाेल्माका घरपरिवारले सुनमायालाई शंका गर्न थाले। आफूप्रति शंका गरेको थाहा पाएर सुनमायाले आफूले कुनै गल्ती नगरेको दाबी गर्थिन। डाेल्माकी आमा अलि छुच्चो स्वभावको थिइन। "तैले नचोरे कसले चोर्छ त? खुरुक्क दिइहाल!" डाेल्माको आमाले बेस्सरी गालि गर्छिन। उता परिवारका अरु सदस्यहरुपनि मौन बसे। त्यस्तै डाेल्मापनि मौन बसिन। तर सुनमायालाई आफूले नगरेको अपराध स्वीकार गर्न तयार भैनन। बरु कसैले थाह नपाई सुटुक्क डाेल्माको घरबाट निस्किईन। एकाएक सुनमाया हराएपछि डाेल्माको घरमा तनाव उत्पन्न भयो। दुईतीन भैसक्यो सुनमाया हराएको। सुनमायाको आफ्नो घरमापनि गएकी रहिनछिन। हल्लाखल्ला हुँदैजादा सुनमाया अर्कि मिल्ने साथी नाम्गेलीको घरमा गैछिन। त्यो पैसा अरु कसैले नलिएर डाेल्माको दाई कर्साङले लिएको रहेछ। पछि पत्ता लाग्यो। डाेल्मा र उनको परिवार अनाहकमा सुनमायालाई आरोप लगाएकोमा पश्चातापमा थियो। सुनमायालाई भेटेर माफ त मागे तर सुनमाया फर्केर डाेल्माको घरमा आइनन। उता एउटा असल साथी गुमाउन पर्दा डाेल्मा आफूलाई धिक्कार्छिन।
भोला दुलाल
टोखा न.पा.१ काठमाडौं 
२०७६/०७/२८

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल