गजल
अनुदानको नून खाइयो स्वाभिमानी हौं अरे
मुग्लानको खून पाइयो भाग्यमानी छौं अरे
वीरताको हामी गाउँछौं सुरिलो गीत-गाथाहरु
खबर सुन्दा सिमानाको दङ्ग हुन्छौं हामी अरे
कृषिप्रधान देश हाम्रो बाँझा जमिन कतिकति
रेमिट्यान्सले भोक टार्छौ,,,,,परिश्रमी हौं अरे
गाई मारेर गधा पाेष्नी नानिदेखी लाको बानी
स्वदेशीलाई हेलाँ गर्छौं,, परदेशीको मोह अरे
गाउँमा जमिन खाली रहे बुढाबुढी मात्रै बस्छन्
युवाजति खाडी पलायन युवतीलाई बोझ अरे
Post a Comment