बाल कथा : जिज्ञासा

"छोरीले लकडाउन भनेको के हो बाबा भनेर हैरान पारिसकी। आफूभने यो संकटबाट कसरी मुक्त हुने होला भनेर विलखबन्दमा परिरहेको छु।" - विनय सर त्यत्तिकै भुत्भुताउछ्न।
"बाबा! बाबा! हाम्रो स्कुल कहिले खुल्छ?"
"हैन तिमिलाई किन चाहियो?" जहिले खुलेनी भै गो नि यस्तो बेलामा स्कुल खोलेर के गर्ने जताततै हाहाकार छ।"
"बाबा मैले अघिदेखिनै सोधेको सोध्यै छु यो लकडाउन भनेको के हो?"
"हेर छोरी अहिले संसारमा कोरोना भाइरसको महामारी छ। तिमिले देखेकी छैनौ युरोप,अमेरिका,अफ्रिका एसिया सबैतिर कोरोना भाइरसले मान्छेको ज्यान लिइरहेको छ। हाम्रो देशमपनि यो रोगबाट बच्न सरकारले लकडाउन अर्थात घरभित्रै बसेर रोगबाट बच्न अनुरोध गरेको छ। त्यसकारण हामीहरु लकडाउनमा रहेका छौं।"
"बाबा यो कहिले खुल्छ त?"

"के थाहा छोरी यो महामारीबाट जहिले छुटकरा मिल्छ तैले।" बिनय सरले छोरीको प्रश्नको उत्तर दिनुभयो। उता छोरीको अनुहारमा अझै बेखुसीको रङ्ग देखिन्थ्यो। उसले स्कुलमा आफ्ना साथीहरु र गुरुआमाहरुलाई नभेटेको धेरै भयो। बिनय सरलाई छोरीको आखाका डिलमा छ्चल्किएका आसुले भाबुक बनायो।त् यत्तिकैमा बिनयसरको म्यामले मकै र चिया ल्याउनुभयो। बिनयसर,आमा र छोरी भएर टिभीमा प्रसारण भएका बालबालिका सम्बन्धि रोचक कार्यक्रम हेर्न थाल्छन्। केहि भएपनि बिनय सरले छोरिको जिज्ञासा समाधान गर्नुभयो।
-भोला दुलाल
टोखा न.पा.१,काठमाडौं 
२०७७/०१/०६

Comments

Popular posts from this blog

बाल कथा: कमिलाको हुल