गजल

दुनियाँलाई के थाहा?सहनु कति गार्‍हो हुन्छ

बाड्न नमिल्ने  रहेछ दु:,सहनु कति गार्‍हो हुन्छ।

चर्किन्छ मुटु चिरिन्छ छाती पीडाले पोल्दछ

आकाशले थिचे जस्तै, सहनु कति गार्‍हो हुन्छ

जसमाथी पर्यो दैवको लाठो सास्ती  भोग्दछ

कठैबरा भन्ने हुन अरु सबै सहनु कति गार्‍हो हुन्छ

अचानोको पिर खुकुरीलाई के थाहा?चोट धेरै खान्छ

 सकिने गरिखान नत मरि जान,सहनु कति गार्‍हो हुन्छ

प्रारब्धले लेपछि काला बादलले नपाउने गोता पाइन्छ

इश्वरको निष्ठुरी खेलमा परेपछि सहनु कति गार्‍हो हुन्छ

भोला दुलाल(निर्मोहि)

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल