कविता शीर्षक:”खबरदार“
कविता
शीर्षक: "खबरदार"
खरानी खोज्न घर जलाउनेलाई
खबरदार!
धर्मको नाउँमा एकता चलाउनेलाई
खबरदार!!
सदियौँ देखिको भाइचारा ढलाउनेलाई
खबरदार!!!
देशको अस्मिता बेच्न जुटेकालाई
खबरदार!
जातका नाउँमा भावना टुटेकालाई
खबरदार!!
आस्थाको नाउँमा देसको स्वाभिमान भुलेकालाई
खबरदार!!!
बन्द कोठामा षड्यन्त्र बुन्नेलाई
खबरदार!
शान्तिको मार्ग छोडेर अशान्ति चुन्नेलाई
खबरदार!!
शान्त समाजलाई भंगालोमा हुल्नेलाई
खबरदार!!!
-निर्मोही
Comments
Post a Comment