लघु कथा



                               शीर्षक:"विभेद"


"बाबू!ए बाबू!तिमी खाना खाएर छिटो पढ्न गइहाल है।"आमा भित्र बाट कराउँछिन।आमालाई छोराले जिपिए धेरै ल्याओस र राम्रो विषय पढेर जोरी पारीको अगाडि  इज्जत र पैसा कमाओस् भन्ने चाहना हुने नै भो।उता आमाले छोरीलाई हकार्दै भन्दै थिईन।"तैले दाइले खाएको जुठा भाँडा माझि दे।तैंले अलि पछि पढेपनी हुन्छ।" बिनिसाको चित्त कुँडियो।"दाइले मात्रै पढ्ने मैले चाहीँ पढ्न नपर्ने हो र? मेरो पनि धेरै गृहकार्य छ।"बिनिसाले आमाको बचनको कुनै प्रतिउत्तर नदिएपनि भित्रभित्रै चित्त दुखाइ।बाबुआमाले खाली बिनिसाको दाइको मात्रै भरोसा गर्थे।यो छोरी ले के गर्ने हो र भन्दै छोराको भविष्यको चिन्ता गर्थे।संयोगले दाज्युबहिनी एउटै कक्षामा पढ्थे।घरको सबै काम गर्न परेपनि बिनिसा मिहिनेती थिइ।केहि वर्षपछि एसईई पनि आयो।तर परिणाम नसोचेको आयो।विनिसाको दाइ बल्लतल्ल बि+ल्याउन सफल भयो।बाबुआमाको सधैंको टोकसो र उपहास बनेकी बिनिसाले नसोचेको नतिजा ल्याइन।झण्डै फो(र) जिपिए ल्याएकी बिनिसा छात्रा तर्फ विद्यालयकै प्रथम भइन।उता हेड्सरले भन्नुभयो,"स्याबास बिनिसा तिमिले विद्यालयकै नाम उचाइमा पुर्याउन सफल भयौ।तिमिलाई धेरै बधाई"उता बिनिसाका आमाबुवा एकछिनसम्म त छोरीको अनुहार सम्म हेर्न सकेनन्।तत्पश्चात बिनिसाप्रतिको व्यवहार फेरियो।बिनिसा पछि एक सफल इन्जिनियर भएर गाउँको बिकासमा लागिन।


 -निर्मोही

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा