~भोला दुलाल~
"हेल्लो पुश्पा हाउ आ(र्) यु?"शिल्पाले फोन गरि पुश्पालाई।
"हु इज कलिङ मि?"पुश्पाले खै गरि।
"ओह यु नाटि गर्ल!यु डन्ट नो मि?"
"आज मेरो घरमा आउ है पार्टी छ।"शिल्पाले निम्ता गरि पुश्पालाई।
"सरि यार म आउन सक्दिन।"पुश्पाले अप्ठ्यारो मानेर जवाफ् दिइ।
"किन के भो र? कुनै खास समस्या?
"त्यस्तो त केहि होइन।मेरो सुड्डो अलि शंकालु छ क्या।बेलुका पार्टीमा जान मनाही छ मलाई!
"त्यसो भए बहाना पार्न त माइत जान्छु भनेर।"शिल्पाले उपाय बताइदिइ।
"कहाँ कम्तीको छैन मेरो लोग्ने।आफूचाहिँ तीन पाथी जाण धोक्छ मलाई भने.........!अर्कैसङ लसपस गर्न जान लागेको भनेर बारम्बार किचकिच गर्छ।पुश्पाले मनको कुरा बताइदिइ शिल्पालाई।
"माइतमा काम छ एकदिन भन्दे न ल!यसपटक तीज भब्यरुपले मनाउन पर्छ बुझिस्!मैले हल्का ककटेलको व्यवस्था गरेको छु।तर अलि सेक्सी लुक्स देखिने कपडा लाएर आइजो है।आइ विल् बि वैटिङ फर यु"
एकछिन पछि पुश्पाको लोग्नेको फोन आउँछ।,"डार्लिङ आज म अफिसको कामले ढिलो हुन्छु।उस्तै परे म नआउनपनि सक्छु।"
हवस् भन्दै पुश्पाले फोन राखिदिइ।के खोज्छेस काना आँखा भनेझैं।पुश्पाले भरखरै बजारमा आएको पहेँलो बनारशि सारी र टिमिक्क पारेर हरियो ब्लाउज लगाएर पार्तिमा जाने निधो गरि।
अल्को जिउडाल,पातलो कम्मर लामो र कालो कपाल त्यसमाथि टाउकोमा कालो चस्मा!पुश्पाको तारिफ गर्न रिना,महिमा,श्यामा र बिना आदि अगाडिनै भेला भैसकेका रहेछ्न।केहि लोग्ने मान्छे र स्वास्नीमान्छे बियरको बोतल तान्दै पन्जावि गीतमा नाचिरहेको दृश्यको रौनकता थियो।त्
यतिकैमा वाट् अ सर्पाइज बेब भन्दै पुश्पाको लोग्ने नशाको तालमा आयो।पुश्पाले असजिलो मानि। शिल्पाले डृन्क्स अफर गरि।"ह्याप्पि तीज एन्ड ह्याप्पि दर!लेट्स सेलेब्रेट!" सब सब नाच्न थाले।
रात निकै छिप्पि सकेको थियो।सबै नशाको तालमा आ-आफ्ना लोग्ने च्यापेर घरतिर लागे।यस्तै छ अहिलेको उत्तर आधुनिक समाज...........धत्!
२०७९/०५/०८
Post a Comment