Wednesday, August 31, 2022

लघु कथा

 


शीर्षक:"झगडाको असर

-इन्दु रिसले झन्न झन्किएर लोग्नेलाई तथानाम गाली गर्छे।"जैले भो शंका,जैले भो शंका,होइन तिमि मलाई जतिखेरपनि शंकामात्रै गर्ने हो भने हाम्रो वैवाहिक जीवन कसरी चल्छ खोइ?"अफिसबाट आएपछि शंकर श्रीमतीलाई अरु केटा बोलेको निउमा बेस्सरी भकुर्छ।छोराछोरी अगाडिनै खाना खाइवरी सुतिसकेका थिए।बाबुआमाको रातोदिनको झगडाले उनिहरु आजित भैसकेका छन।त्यो रात त्यत्तिकै बित्यो।

-भोलिपल्ट शंकर खानापनि नखाई अफिस गयो।अघिपछि फुर्तीका साथ काम गर्ने शंकर एक महिनादेखि निन्याउरो मुख लगाएर अफिस आएको देख्दा अफिसका स्टाफहरु दङ्चित खान्थे।अर्कोदिन शंकर समसाझै घर आउँछ।उ श्रीमतीशीत केही नबोली चिया पसलमा खुसुक्क ओर्लिन्छ।त्यही त हो नि अर्काको उछितो काढेर फुर्सद नपाउने गाउँमा घर भाँढ्न पल्केकाले तेरि स्वास्नीको चाला ठिक छैन है भनेर उकेरा लाई  दिन्छन।हो न हो कागले कान लग्यो भनेर आफ्नै कान छाम्नु कता हो कता अर्काको लहलैमा त्यसदिनपनि भएनभएका अत्तो थापेर कुट्छ।छरछिमेकमा पनि डिस्टर्ब हुनेगरी दन्तबझान गर्छ।उता इन्दु चुपचाप सहि बस्छे।त्यो दिनपनि छोराछोरी भोकभोकै सुते।


-भनिन्छ,श्रीमती राम्री भैभने श्रीमान शंकालु हुन्छन रे।इन्दु असाध्यै राम्री थिई।आफू अफिस गएको बेला अर्कै केटासङ गफ गरेको शंकामा इन्दुप्रति खनिन्थ्यो उसको लोग्ने शंकर"खुसपरे अङालो हालेर सुत्ने बेखुस भए नानाथरी आरोप लाउँथ्यो ऊ।


-एकदिन छोराछोरी पढ्ने स्कुलबाट फोन आयो,"तपाईंहरु मध्य एकजना तुरुन्तै यहाँ आउनुपर्यो।"इन्दु हतारहतार छोरीको स्कुल पुग्छे।जाँदा त छोरी बेहोस भएर ढलि रहेकी देख्छे।प्रिन्सिपल सरले इन्दुलाई नराम्ररी झपार्छन,"तपाईंहरुका झगडाको कारणले आज यो बच्चिको यस्तो हालत भएको छ,तपाईंहरुलाई अलिकतिपनि लाजलाग्दैन?"फेरि प्रिन्सिपलले शंकरलाई तुरुन्तै स्कुलमा बोलाउँछ्न र गाली गर्छन।तपाईं यत्रो शिक्षित भएरपनि झगडा गर्दा बच्चालाई कस्तो असर हुन्छ थाहा छैन?"प्रिन्सिपलको कुरा सुनेर शंकर कालोनिलो हुन्छ्न।

प्रिन्सिपलले दुबैलाई बच्चाको अगाडि झगडा नगर्न भन्छ्न।इन्दु र शंकरले आफ्नो कमजोरी महसुस गर्छन।अहिले कहिलेकाहीँ आक्कलझुक्कल बाहेक झगडा हुदैन।छोरीको पढाइ राम्रै छ।यसरी झन्डै बिग्रन लागेको घरवार प्रिन्सिपलको कारणले बच्दछ।..................





Post a Comment