~भोला दुलाल~
"धत् भुसुक्कै बिर्सेको!आज अशोक धेरै वर्षपछि विदेश बाट आउदै छ।तर म भने हुस्सु आइमाई।चाँडाे गरेर एयरपोर्ट जानुपर्ने अहिलेसम्म यत्तिकै!"राधाले अप्ठ्यारो मानि।
राधा र अशोकको त्यो जोडी दुनियाँमा कुनैपनि उदाहरणीय प्रेमिहरु भन्दा कम थिएन।अशोक जातले कुलीन तर राधा पानी चल्ने जात भएपनि हैसियत नमिल्ने भनेर अशोकका बाउले दुबैको विवाह हुन नसक्ने भनेर ठोकुवा गरे।अशोक रनभुल्ल पर्यो।उता राधाले अशोकलाई बारबार विवाह गर् होईन भने आत्महत्या गर्छु भन्थि।तर अशोक राधालाई धोका दिने पक्षमा थिएन।
एकदिन अशोकले राधालाई भन्यो,"हेर राधा मेरो बाले तिमिलाई बुहारीको रूपमा स्विकार्नु हुन्न बरु भागौं!"सुरुमा त राधाले नभाग्ने भनेर अडान लिइ तर धरै नपाएपछि अशोक र राधा देशको राजधानी काठमाडौं छिरे।आएको एकदुई महिना त काठमाडौंको त्यो रमझममा कहाँ हराए पत्तै भएन।ऊनीहरुले पशुपतिनाथमा गएर विवाह गरे।
जिन्दगी लामो छ।सधैं माया प्रेम भनेर जीवन कहाँ चल्थ्यो।"राधा अब म विदेश जान्छु।सधैं यत्तिकै बसेर मात्रै भएन हाम्रो भोलि सन्तान होला उसलाई हुर्काउने र पढाउने ठूलो जिम्मेवारी छ।फेरि काठमाडौं जस्तो ठाउँ पैसा नभए एक पाइला सर्दैन।"एकदिन अशोकले राधालाई भन्यो।राधाले स्विकृत दिइ।अशोक पाँच वर्षको लागि खाडी गयो।
राधाले यता छोरि जन्माइ।उता अशोकको कमाइ मनग्ये थियो।बेलाबेलामा अशोकले पैसा पठाउँथ्यो।छोरीलाई पढाउने खर्च बाहेक आफूपनि सानोतिनो काम गरेर अरु पैस जोगाउँथिइ।राधा अरुजस्ति आइमाई थिइन।पोइको कमाइमा दुनियाँ नाठा खेलाएर हिँड्ने र आफ्ना छोराछोरीको बिचल्ली पार्ने।लोग्नेको सिन्दुरको रक्षा गरेर बर्षाै बसि राधा।तर उहि राधा जो अशोकको प्रेममा रोमान्चित भएर फसेकि आज उसैलाई सौता हालेर भूल गर्यो अशोकले।
धेरै वर्षपछि लोग्नेको मिठो स्पर्शको सुगन्ध महसुस गर्नखोजेकि राधा एयर्पोर्टमा अशोकसङै आएकी महिला म उसको अर्धाङिनी हुँ भन्दा को भक्कानिदैन र?"मलाई माफ गर।म बाट ठूलो भूल भयो राधा।म विवश छु।म फसें।"अशोकले श्रीमतीलाई हात जो ड्यो।"अशोक!अशोक!तिमिलाई चिन्न मैलेपनि भूल गरेछु।तिमि सुखी रहनु तिम्रो छोरीलाई सम्हाल भन्दै राधा बाटो लागि।राधाको अत्तोपत्तो छैन।अशोक राधाको यादमा जाँणको कुलतमा फसेको छ रे.................. भूल!
२०७९/०५/०७
Post a Comment