शीर्षक:तिमि के बन्ने?
कक्षामा नीमा गुरु आमाले पढाउदै हुनुहुन्थ्यो।नीमा गुरुआमा भनेपछि केटाकेटी हुरुक्कै हुन्थे।आखिर ऊनी थिइन पनि त्यस्तै।हरेक दिन कुनै न कुनै सन्दर्भ ल्याएर विद्यार्थीको मन ध्यानाकर्षण गर्न खप्पिस थिइन नीमा गुरुआमा।कहिले कथाको पोको फुकाएर केटाकेटीलाई दङ्ग पार्थिनन् त कहिले चुट्किला र हास्यव्यङ्ग्य सुनाएर साच्चिकै कक्षालाई रोचक बनाउथिन नीमा गुरुआमाले।
एक दिन नीमा गुरुआमा कक्षामा फरक तरिकाले उपस्थित भइन।उनले हातमा विभिन्न तस्बिर ल्याएकी थिइन।सबै केटाकेटीले नीमा गुरुआमालाई अभिवादन गरे।"गुरुआमा!तपाईंको हातमा त्यो कसको तस्बिर हो?"शिलाले प्रश्न गरि।केटाकेटीको जिज्ञासा् मिश्रित प्रश्न सुनेर नीमा गुरुआमाले भनिन् ,"हेर केटाकेटी हो आज म तिमिहरुलाई यी तस्बिर देखाउछु।तिनीहरुको नाम र काम तिमिहरुले भन्नुपर्ने छ।"एकछिन त केटाकेटीहरु अलमल्ल परे।"ल भन त स्वीकृति ऊनी को हुन?"स्वीकृति अलमल्ल परि।"त्यति सानो कुरा पनि भन्न नआउने।तिनि त गौतम बुद्ध हुन हगि गुरुआमा?"रोशनले स्वीकृतिलाई व्यङ्ग्य गर्दै भन्यो।नीमा गुरुआमाले भृकुटी,सीता,अरनिको,पृथ्वीनारायण,भानुभक्त,पासाङ ल्हामु शेर्पा,नारायण गोपाल आदिको तस्बिर देखाउनु भयो।उनीहरुको योगदानको बारेमा धेरै चर्चा भयो।गुरुआमाले तिमी भविष्यमा के बन्न?भनेर प्रश्न दिनुभयो।पाँच मिनेटमा केटाकेटीले उक्त प्रश्नको उत्तर लेख्नुपर्ने थियो।
जब गुरुआमाले केटाकेटीको उत्तर हेर्न थाल्नुभयो तब उहाँ भाबुक हुनुभयो।धेरै जसो विद्यार्थीको उत्तर थियो।विदेश जाने र पैसा कमाउने।कोहि युरोप जाने कोहि अमेरिका त कोहि अस्ट्रेलिया।कोहि पनि नेपाल बसेर देसको सेवा गर्ने भन्ने भावको उत्तर भेट्टाउन सकिनन्।एउटा उमंग लिएर कक्षा छिरेकी नीमा गुरुआमाको मानसपटलमा एउटा भयावह चित्र सृजना भयो।"भोलिको नेपाल कस्तो होला?"रातभरि यस्तै सोचेर नीमा गुरुआमा निदाउन सकिनन्।................विद्यार्थी त काँचो माटोको भाडो न हुन्।देसका नीति निर्माण तहमा बस्नेप्रती ऊनमा घृणा जागेर आयो।
भोला दुलाल(२०८०-०५-०४)
Post a Comment