"धत् अहिलेको जमानामा पनि मन नमिलेपछि लोग्नेसङ सङै बसिन्छ त?"उर्मिला निकै फुर्तिले कुरा गर्छे।उता प्रतिमाले धक मान्दै भन्छिन् "होइन बाउले आँगन पोलेर सुम्पेको सम्बन्ध त्यसै तोडिएला र?" " कस्तो कुरा गर्छेस् प्रतिमा तँ?एक्काइसौं शताब्दीमापनि हामी लोग्नेको प्यादा बनेर बस्ने हो र? जहाँ सम्बन्ध निभाउन श्रीमतीले मात्रै पर्ने होइन नि!"उर्मिला प्रतिमालाई लोग्नेसङको सम्बन्ध तोड्न उक्साउँछे।
प्रतिमाका बाबु राम्रै कुल,खानदान र घरानामा सम्बन्ध जोडियो भन्दै खुशी थिए।तर लोग्ने जँडिया भयो भन्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरि जिल्ला अदालतमा प्रतिमाले।रक्सीले मात्तिएर ठाउँ कु ठाउँ कुट्ने भएकोले सम्बन्ध विच्छेद गर्नुपरेको हो भन्ने दलिल प्रतिमाको थियो।उता उर्मिला यस अघिनै डिभोर्सी छदै थिइ।बाँदरले आफ्नो घरपनि लडाउँछ अरुको घरपनि लडाउँछ भनेझैं उसले आगोमा घ्यु थपिदिन्थि।विचरा प्रतिमाका बाबु जसले छोरीको स्याहारसुसार सानैदेखि गरे।आमा बितेपनि आमाको कमि महसुस हुन दिएनन् उनले।दिन बित्दै गयो।अदालतले सम्बन्ध विच्छेदको फाइल सदर गर्ने मिति पनि जतिजति नजिकिदै थियो उतिउति प्रतिमाको मनमा सन्नाटा छायो।उसकी आमा एकदिन सपना आएर भन्न लागिन,"प्रतिमा तिमि गलत निर्णयको पछि दौडदै छौ।तिम्रो निर्णय तिम्रै लागि अभिशाप बन्नेछ।"प्रतिमा झल्याँस्स भइ।"ओहो!मैले कस्तो निर्णय लिन जाँदैछु।मेरो मरेकी आमा सपनामा आएर सम्झाउदै थिइन्।
नभन्दै सम्बन्ध विच्छेद सदर गर्ने दिन आयो।न्यायाधीशले सोध्नुभयो,"ल भन्नुहोस् प्रतिमाजी सम्बन्ध टिकाउनेकी सकाउने?प्रतिमाले निकै गम्भीर भावमा भनिन्,"श्रीमान अब म सम्बन्धलाई भाँडन चाहन्न।म श्रीमानको बानी सुधारेर नयाँ ढंगले सम्बन्ध स्थापित गर्छु।"प्रतिमाको कुराले सबै अवाक् भए।सबैभन्दा आश्चर्यमा त ति परे प्रतिमालाई उक्साएर सम्बन्ध विच्छेदबाट आएको सम्पत्ति हात नपर्ने भो भनेर।उता प्रतिमा र उसको लोग्नेको सम्बन्ध सुमधुर भइ दुबै बच्चाको बाउ र आमापनि बने
-निर्मोही(२०८१-११-०१)
Post a Comment