Posts

Showing posts with the label children story

बाल कथा: पल्लो घरको हजुरबा

स्वस्ती आमाको नजिकै गएर भन्छे, "आमा हाम्रो पल्लो घरमा हजुरबा भोकभोकै हुनुहुन्छ रे! मेरो साथी रश्मिले भनेकी।" आमा आश्चर्य मान्दै सोध्नुभयो, "किन को र स्वस्ती? हामीले नचिनेको मान्छेको कुरा गर्दैछेउ। फेरि यो गाउँ होइन शहर हो। यहाँ सबैको बारेमा कहाँ याद गर्न सकिन्छ र? उनका आफ्ना छोराछोरी होलान् नि के को चिन्ता?" आमाको सजिलो उत्तरले स्वस्ती शान्त त भै तर आमाको अचम्म लाग्दो अभिव्यक्तिले दुखित थिइ। केहि समयपछि स्वस्ती आफ्नी साथी रश्मिलाई लिएर पल्लो घर गइ। त्यहाँ हजुरबाको हालखबर बुझ्दा छोराछोरी सबै अमेरिका क्यानडा बस्दा रहेछन्। घरमा एकजना काम गर्ने मान्छे राखेका त रहेछ्न, तर केहि समयका लागि गाउँ गएकोले सरकारले गरेको लकडाउनका कारणले आउन नसकेको रहेछ। उमेरले करिब सत्तरी वर्ष जतिका हजुरबा प्रेसर र सुगर रोगले पीडित रहेछ्न। काम गर्ने मान्छे नभएकोले औषधी र खानाको ठेगान थिएन। बुढा मान्छे निकै सिथिल र कमजोर देखिन्थे। स्वस्तिले हजुरबाको सम्पुर्ण औषधीको टाइमटेबल मिलाइदिइन। हजुरबाले खाना नखाएको दुई-तीन दिन भैसकेको रहेछ। स्वस्तिले हजुरबालाई आफ्नो घरबाट खाना खुवाइ। स्वस्तीको...

बाल कथा : जिज्ञासा

"छोरीले लकडाउन भनेको के हो बाबा भनेर हैरान पारिसकी। आफूभने यो संकटबाट कसरी मुक्त हुने होला भनेर विलखबन्दमा परिरहेको छु।" - विनय सर त्यत्तिकै भुत्भुताउछ्न। "बाबा! बाबा! हाम्रो स्कुल कहिले खुल्छ?" "हैन तिमिलाई किन चाहियो?" जहिले खुलेनी भै गो नि यस्तो बेलामा स्कुल खोलेर के गर्ने जताततै हाहाकार छ।" "बाबा मैले अघिदेखिनै सोधेको सोध्यै छु यो लकडाउन भनेको के हो?" "हेर छोरी अहिले संसारमा कोरोना भाइरसको महामारी छ। तिमिले देखेकी छैनौ युरोप,अमेरिका,अफ्रिका एसिया सबैतिर कोरोना भाइरसले मान्छेको ज्यान लिइरहेको छ। हाम्रो देशमपनि यो रोगबाट बच्न सरकारले लकडाउन अर्थात घरभित्रै बसेर रोगबाट बच्न अनुरोध गरेको छ। त्यसकारण हामीहरु लकडाउनमा रहेका छौं।" "बाबा यो कहिले खुल्छ त?" "के थाहा छोरी यो महामारीबाट जहिले छुटकरा मिल्छ तैले।" बिनय सरले छोरीको प्रश्नको उत्तर दिनुभयो। उता छोरीको अनुहारमा अझै बेखुसीको रङ्ग देखिन्थ्यो। उसले स्कुलमा आफ्ना साथीहरु र गुरुआमाहरुलाई नभेटेको धेरै भयो। बिनय सरलाई छोरीको आखाका डिलमा छ्चल्किएका आसुले भ...

बाल कथा: गाउँ पो राम्रो

राजुको आमाले हिउँदको छुट्टीमा मामाघर लाने वाचा गर्नुभयो। पाँच-सात वर्ष गाउँ र शहरको भेद छुट्याउन नसक्ने बेलामा राजुलाई मामाघर लगेको रे। तर राजुलाई धेरै सानो भएकोले होला गाउँको बारेमा उतिसारो थाहा भएन। कक्षामा म्यामले मामाघर गएका छौ भनेर प्रश्न सोधिरहनु हुन्थ्यो। राजुले टाउको हल्लाउँथ्यो मात्रै। यसपटक भने राजुलाई जसरीपनि मामाघर जानु थियो। राजुको मामाघर काठमाडौं बाट टाढा सिन्धुपाल्चोक जिल्लामा थियो। राजुलाई गाउँको बारेमा बुझ्नु थियो। साइतपनि जुर्यो। "राजु यसपालि मामाघर जाने होइन त? म तिमिलाई मामाघर लैजान्छु।"   "मामाघर! कहिले? राजु दङ्गदास पर्यो।   राजुलाई मामाघर जाने इच्छा पहिलेपनी नभएको होईन। तर यसपाली झनै मामाघर जाने भूत चढ्नु स्वभाविक थियोे किनकी स्कुलमा नेपाली पढाउने म्यामले मामाघर शीर्षकमा निवन्ध लेख भन्नुभएको छ।   पुरानो बसपार्कबाट बस चढेर राजु र उसकी आमा सिन्धुपाल्चोक जिल्लातिर लागे। नागबेली सडक, हिउँदको चिसो सिरेटाे, सेताम्य हिमालका दृश्य, अग्ला पहाडले राजुको मन असाध्यै रोमाञ्चित थियो। शहरमा जताततै मानिसहरुको घुइँचो, मोटरगाडीका कर्कश आवाज, फोहोर,...

बाल कथा : यो पढ्ने उमेर

सानु मैचा कागती गाउँकी केटी हुन। ऊनी अहिले कक्षा सातमा पढ्दैछिन। असाध्यै मिहिनेती सानु मैचा पढ्नमा खुब मन लगाउछिन। कक्षामा राम्रो चित्र कोर्ने, मकैका दाना जस्तै हार मिलेका अक्षर लेख्न सिपालु ऊनी सर-मिसको माया पाएर झन हौसिएकि थिइन। पोहोर साल बाबु धन बहादुर मरेपछि ऊनी टुहुरी भइन। अघिपछि सधैं हसिलो अनुहार हुने सानु मैचा आज अलि फरक देखिन्छिन। निन्याउरो र मलिन अनुहार लिएर विद्यालय आएकी सानुमैचालाई उनको मलिन अनुहारको बारेमा हेडसरले सोधपुछ गर्नुभयो। "किन सानुमैचा? तिमि एकदुई दिनदेखि बेखुसी देखिन्छेउनी?" हेडसरको प्रश्न भुइँमा खस्न नपाउदै सानुमैचाको आँखाका डिलमा आँशु तर्कियो। हेडसरले फेरी खै गर्नुभयो। "किन के भयो र?" सानुमैचा भक्कानिदै भन्छिन -"सर म पढ्न चाहन्छु। म पढेर देशको नाउँ उच्च बनाउन चाहन्छु। तर मेरो आमाले अब मेरो बिहे कक्षा ६मा पढ्ने रामलाल श्रेष्ठसङ्ग गरिदिने रे। गाउँभरी हल्ला छ। मेरो कक्षाका साथीहरू मेरो र रामलालको कुरालाई लिएर जिस्काउछ्न।" सानुमैचाको कुरालाई लिएर हेडसरको मनपनि चसक्क भो।   एकदिन शुक्रबारको दिन विद्यालयमा हुने अतिरिक्त कृयाकल...

बाल कथा: जङ्गल र मान्छे

आज विद्यालयमा फरक खालको वातावरण थियो। हेडसरले सबै विद्यार्थीलाई जसरी भएपनि विद्यालय आउन भन्नुभएको थियो। त्यसैले म,सुनिता र खुशी एकाबिहानै विद्यालयतिर सोझियौ। मौसम चिसो थियो। आकाशमा बादल लागेर धुम्म थियो। पानी पर्ला पर्ला जस्तै थियो। हामी दगुरेर विद्यालय पुग्यौं। हामी सायद पहिल्यै पुग्यौं क्यारे, हेडसरले "स्याबास!" भन्नु भो। आज विश्व वातावरण दिवस रहेछ। थाहा नै थिएन। अरु सर र  मिसहरु पनि आइपुग्नु भयो। सबैले फूलको गुच्छा हात लिएर आएको देख्दा मलाई खुल्दुली लाग्यो। "सर किन सबै सर म्याडमहरुले फूलको गुच्छा समात्नु भएको हातमा?" मैले प्रकाश सरलाई सोधेँ ।" ए, आज गाउँ-पालिकाका अध्यक्षज्यु आउँने अरे हाम्रो स्कुलमा। त्यसैले स्वागतका लागि फूलको गुच्छा लिएको।" प्रकाश सरल्रे लेग्रो तानेर जवाफ दिनुभयो।   एकछिन पछि सबै जना उपस्थित भए। गाउँपालिका अध्यक्षले उद्घाटन गर्नुभयो। "जङ्गल र मान्छे " शीर्षकमा हरि सर (जो हामीलाई नेपाली पढाउनु हुन्छ)ले  मिठो लयमा कविता सुनाउनुभयो। उक्त कविताले जङ्गल बिनाको मान्छेको जिन्दगीको कहालीलाग्दो परिकल्पना झल्काउथ्यो। त्यसप...

बाल कथा: निमाको अनुशासन

शनिबारको छुट्टी थियो। निमा,पासाङ,राजु र उर्मिला बुढानीलकण्ठ स्थित शिवपुरी डाडामा रहेको गुम्बामा घुम्न जाने सल्लाह गर्छन। "भोलि बिहान चाडैं आउँ है सबैजना!" राजुले भन्यो। कतिबेला  जम्मा हुने हो हामीहरु?" निमाले सोधी। ठीक आठ बजे हामी सबै नारनथानको बसपार्कमा जम्मा हुने हो।" राजुले सबैलाई सम्झायो। उर्मिलाले सबैको कुरामा हो हो मात्रै भनी तर कुनै प्रतिक्रिया जनाइन। भोलिपल्ट आ-आफ्नो खाजा बोकेर ऊनीहरु शिवपुरीको चिसो  बतास,कलकल बगिरहेको ठण्डा पानी र अनेक थरीका बाेटबिरुवा अवलोकन गर्दै सिधै गन्तव्यतिर लम्किन्छन। हिउँदको महिना भएकोले त्यतिको पानी पर्ने सम्भावना थिएन। उनिहरु साढे नौ बजे गुम्बामा पुग्छन। निमाले पुग्नेबित्तिकै गुम्बा अगाडीको ठूलो बुद्ध भगवानको मुर्तिलाई ढाेग गरिन। गुम्बा वरिपरि रहेको झारपात उखेलेर मिल्काइन। तर पासाङ,राजु र उर्मिला भने आफूले लगेको खाजा जस्तै चाउचाउ,बिस्कुट र कुर्मुरेको खोल जथाभावी फालिरहेका थिए। उनीहरुको त्यस्तो चाला देखेर प्रहरी दाइले भन्नुभयो - "तिमीहरूलाई लाज लाग्दैन? त्यत्रो सूचना टासिंएको थाहा भएन?" उल्टो प्रहरी दाईलाई म...

बाल कथा: जुरेलीको गुंड

बाल कथा  शीर्षक:"जुरेलीको गुंड" "बा!बा! त्यो पैयुको हागा नकाट्नु है, तेसमा जुरेलीको गुंड छ। अस्तिमात्रै बच्चालाई चारो खुवाइरहेको मैले देखेको थिएँ। " मैया बालाई सम्झाउदै थिइ। बा भने आफ्नो सुर छोड्नेमा हुनुहुदैनथ्यो। खुर्पा ढुङ्गामा घोट्दै आज यि पैयुका हागा नछिमोली भएन भनेर अगाडि सर्नुभयो। मैया फेरी बालाई भन्न लागि, "बा सुन्नुभएन ? त्यहाँ जुरेलीको गुंड छ  भनेर?" किन किन मैयाले घर छेउको पैयुको रुखलाई असाध्यै माया गर्थी। ऊ नजन्मदै ठूलो थियो रे त्यो रुख। हजुरआमाले भन्नुभएको त्यहाँ थलिचराका गुंड धेरै हुन्थ्यो रे। काग,ढुक्कुर र कुक्कु चराको त बासै अन्त हुँदैन थ्यो रे। बाले बेला-बेलामा हागा छिमोलेर नफस्टाएको रे त्यो रुख। मैया जन्मेकोपनि अहिले  सात-आठ  वर्ष भैसकेको छ। उसले जान्दाजान्दै झ्याम्म परेको पैयुको बोटमा चैत वैशाख मा राताराता गेडा फल्थे। मैयाले ति राता पैयुका गेडा खाएपछि  मातलागेर झन्डै.....! बिहानै नजिकै आएर पैयुको रुखमा चरा कराएको आवाज सुन्दा मैया प्रफुल्ल हुन्थी। माघ-फागुनमा लटरम्म फूल फुलेको हेर्दा मैया असाध्यै खुशि हुन्थी। धेरै पटक त उसले ...

बाल कथा: "सुनमाया "

बाल कथा  शीर्षक:"सुनमाया " डोल्मा र सुनमाया असाध्यै मिल्ने साथी थिए। ऊनीहरु एक आपसमा यति मिल्थेकी गाउँमा सुनमाया र डोल्माको उदाहरण नै दिन्थे गाउले हरु। पढाई पनि सुनमायाको र डाेल्माको असाध्यै तेज थियो। सुनमायाको गाउँ र डाेल्माको गाउँ अलि फरक थियो। ऊनीहरुको सम्बन्ध आपसमा मात्रै सिमित थिएन। दुबैतिरका परिवारका सदस्यहरुको आपसी सम्बन्धपनि उत्तिकै प्रगाढ थियो। सुनमाया डाेल्मा भन्दा अलि गरिब परिवारकी थिई। तर डाेलमाको परिवारले सुनमायालाई त्यस्तो महसुस हुन दिएनन। एक दिन सुनमायाले डाेल्मालाई भनिन्,"मेरो आमा बिरामी हुनुहुन्छ रे। म यत्तिका दिन भैसक्यो तिम्रो घरमा बसेको। अब म जान्छु।" सुनमाया हिउँदमा विद्यालयबाट घर फर्किन अबेर हुने भएकोले डाेल्माको घरमा बसेर पढ्ने गर्थिन। उनले डाेल्मालाई गणितमा सहयोग गर्थिन। सुनमाया अङ्ग्रेजीमा अलि कमजोर थिइन। दुबैजना आपसमा छ्लफल गरेर पढ्थे। समय वित्त्दै गयो। एउटा ओछ्यानमा सुत्दा कहिलेकाहीँ खुट्टा जुध्छ भनेजस्तै डाेल्मा र सुनमायाको सम्बन्धमा अलि चिसोपन आयो। कारण त्यति ठूलो त होइन थियो। एकदिन डाेल्माको घरमा पैसा हरायो। खुल्दुली चल्यो...

बाल कथा: "भुनेको दसा"

बाल कथा   शीर्षक:"भुनेको दसा" खड्कुलाेमा पानी भकभकी उम्लिरहको थियो। गाउँमा खसी मार हान्ने काम भैरहेको थियोे। नरेन्द्रको बुवा खुकुरी उदाइरहेका थिए सिल-ढुङ्गामा। नरेन्द्र भने डराइरहेको थियो। उसको साथी भुनेलाई काटेर खादैछ्न भन्ने भित्रभित्रै गढ्याे। सधैं स्कुलबाट आएपछि भुनेसङ्ग धित मरुन्जेल खेलेर रमाउने गर्थ्यो। नरेन्द्र आउने बित्तिकै दुइटा कान हल्लाएर म्या गर्ने भुने आज मर्न लागेको देखेर नरेन्द्र रोयो। तर जतिसुकै रोईकराइ गरेपनि नरेन्द्रको अलापबिलाप कस्ले सुन्थ्यो र? "बा बा!भुनेलाई नकाट्नु है!" नरेन्द्र बा छेउ गएर अँखामा टिलपपल आसु पार्दै अनुरोध गर्छ। "होइन यो के भन्छ?" बाख्रापाठा काटेर खानकै लागि पालेको हो।" बा झोक्किन्छ्न। नरेन्द्र नाजवाफ हुन्छ। उता मार हान्ने मान्छे एक हात लामो खुकुरी हातमा लिएर आउँदा नरेन्द्रलाई खपी नसक्नु भो। बाले नव दुर्गाको प्रसाद भनेर फुलपाती र अक्षता लिइ बोकोलाई पुजा गर्न थाल्नु भो। अनि अम्खोरामा पानी लिएर दुबै कान,खुर र डडाल्नुमा पानी खन्याउनु भो। तर बोको धेरै बेर पर्सेन। मार हेर्न आएका रमितेले बोको नपर्सनुमा देवी...

बाल कथा: चरीको गुड

बाल साहित्य  कथा: चरीको गुड एका बिहानै निमेष घरको दातीमा परेवाको गुड हेर्न गयो। उ चराहरुको सौखिन थियो। परेवाका गुडमा एकजोडी परेवापरेवी बस्थे। दुबै मिलेर बच्चा कोरलेका थिए। निमेष ती बचेरा हेरेर धेरै रमाउने गर्थ्यो। बचेराका आमाबाबुले टाढा-टाढा देखि ल्याएर चारो खुवाएको हेर्न निमेष औधी मन पराउथ्यो। विद्यालयबाट आएपछि खाजा खाएर निमेष त्यही गुड हेर्ने गर्थ्यो। परेवाको रमाइलो परिवार देखेर रमाउने गर्थ्यो। "कहिलेकाहीँ त आफूलाई पनि चरा हुन पाए कति मजा हुन्थ्यो हगि?" आफैं कुरा गर्थ्यो। निमेषको यो बानीले घरका मान्छेहरु आजित भैसकेका थिए। बुवाले एकदिन भन्नुभयो। "होइन यो केटो त न पढ्ने मन गर्छ न त केहि अराएको मान्छ! तैंले के गर्न खोजेको छ्स?" बुबाको कुरा सुनेर निमेष नाजवाफ हुन्छ। बाबुले फेरि भन्नुभयो - "अब म यो परेवाको गुडनै बेचीदिन्छु। घरमा फोहोरपनि त्यत्तिकै भयो। एउटाले वासै अन्त गरेन।" बाको कुरा सुनेर निमेष झस्किन्छ - "न बाले साच्चिकै बेचिदिने हुन कि परेवाको गुड?" निमेष सशङ्कित हुन्छ। निमेष त्यस दिन डर मानिमानी स्कुल गयो। स्कुलमा कतै परेवाको गु...

बाल कथा: कालेको कथा

बाल कथा  शीर्षक:"कालेको कथा" सधैं जसो नेपाली पढाउने सरले केहि न केहि कथा सुनाएर प्रीति र उनका साथीहरूलाई रमाइलो बनाउनु हुन्थ्यो। हुन पनि रामकृष्ण सरको कथा भन्ने शैली रोचक हुन्थ्यो। शुक्रबारको दिनमा विद्यालयमा अक्सर शुक्रबारिय कार्यक्रम बढिनै हुने गर्छन। आजपनि रामकृष्ण सरले केहि न केहि कथा बोकेर आउनुभएको छ भन्ने केटाकेटीलाई लाग्यो। सर कक्षामा पस्ने बित्तिकै प्रीतिले सम्झाउछे,"सर आज कथा सुनाउने दिन हो। आज अलि अर्कै कथा भन्नू न सर!" "कस्तो कथा प्रीति?" रामकृष्ण सरले केटाकेटीको कुरा काट्न सक्नुहुन्न। "ल त्यसो भए आज म तिमीहरूलाई अलि फरक कथा भन्छु ल!" सरले लेग्रो तानेर बोल्नुभयो। "ल सुन!" एउटा गाउँमा काले नाउँ गरेको केटाे थियो। उसको बाबु उ तीन वर्षको हुँदा मरेछ्न। उसकी आमाले उसको बाबुको मृत्यु भएको एक वर्ष नपुग्दै अर्कै मान्छेसँग  विवाह गरिछन। कालेको हेरचाह गर्ने कोहि भएन। उसको आफन्तले उसलाई केहि वर्ष हेरचाह गरेपनि पछि उसलाई हेलाँ गरेर घरबाट निकाली दिएछन। काले बेसहारा बनेछ। उ भागेर काठमाडौं आयो। त्यो बिरानो सहरमा उसको आफ्नो कोहि थि...

बाल कथा: भूनीको व्यथा

बाल साहित्य  कथा:"भूनीको व्यथा" आमाले भूनीको लागि टिफिन अगाडिनै तयार गर्दिसक्नु भएको रहेछ। टिफिन के रहेछ भनेर अघिपछि खोजिपासुली गर्ने भूनी आजचाहिँ ठुस्किएर स्कुल जान्न भन्न थाली। भूनिलाई खाजामा उसिनेको अन्डा अति मन पर्थ्यो। हिजोअस्ति कसैले भनोसनभनोस स्कुल जान तम्तयार भूनी त म स्कुल जान्न मात्रै भन्छे। आमा अचम्म मान्नुहुन्थ्यो। "किन भूनी स्कुल नजाने?तोमिलाई के भयो?" आमाले खोर्याएर सोध्नुभयो। भूनीले कुनै जवाफ फर्काइन। उल्टो ठुस्स परेर मात्रै बस्छे भूनी। त्यो दिन आमाले भै जाओस् भनेर त्यत्तिकै छोडिदिनु भयो।     "ल!ल! भूनी छिटो तयार होउ। स्कुल जान ढिलो भैसक्यो।" आमाले भूनीलाई उठाउन जानुभयो। तर आजपनि भूनी स्कुल जान्न भन्नथाली। "नाइँ मामु म स्कुल जान्न,मरेपनि जान्न। भूनि स्कुल जान्न भनेर खुट्टा भूइंमा बजार्न थाली। उता आमालाई रिस उठ्यो। एक चड्कन गालामा हान्नु भो। यस अघि  कहिल्यै एक लबटाे नहानेकी आमाले आज भूनिलाई गाला रातो हुनेगरी थप्पड हान्दा भूनी भन्दापनि आफै दु:खी हुनुभयो। गालाको थप्पडले भूनीलाई ज्वरोनै आयो। अरु दुईतीन दिन भूनीको पढाई छुट्याे।...

बाल कथा: गुडिया र सानी

बाल साहित्य  कथा  शीर्षक:गुडिया र सानी  शनिबारको दिन थियो। आमाले सानीलाई चिडियाखाना घुमाउने विचार गर्नुभयो। फेरि जनावर भनेसी सानीको हुरुक्कै हुने बानी थियो। बुढानिलकण्ठबाट साझा यातायातको बस चढेर सानी र उनकी आमा दस बजेनै  चिडियाखाना पुगिसकेका थिए। अघिपछि भन्दा अलि भिड थियोे त्यहाँ। सानी दस वर्षभन्दा कम उमेरकी भएकिले टिकट परेन। तर आमाले टिकट लिएर आउँनुभयो। विभिन्न जनावरहरु बाघ,भालु,गैंडा,हात्ति,मृग,घोडा ,जलगैंडा,कछुवा,गोइ जस्ता जनावरले सानीलाई मोहित बनायो। उता चराचुरुङ्गीहरुको बथान देखेर सानी अचम्मित भै। त्यहाँको मनोरंजनले सानिलाई लठ्ठ पार्यो। दिन ढलेको पत्तै भएन छ। उनिहरु फर्किने सुरमा थिए।     त्यत्तिकैमा एउटा सडक व्यापारीले,"गुडिया,गुडिया!"भन्दै सानी भएतिर आयो। सानीका अँखापनि गुडियातिरै तानिए। "मामु एउटा गुडिया किनिदिनुस न,मामु एउटा गुडिया!" आमाले सुनेको नसुनै गरिन। "सानी घरमा त्यत्रो गुडिया छ्न,तिमिलाई किन चाहियो अरु?"आमाले सम्झाउनु भो। तर सानिले पटक्कै मानिन। "नाईं मामु एउटा गुडिया त जसरीपनि चाहियो।" सानी रुन लागि। आफ्ना छोराछोरीक...

बाल कथा : भुरी र बाघ

बाल साहित्य  कथा  शीर्षक:"भुरी र बाघ" निकिता स्कुलबाट आउने बित्तिकै हातमुख धोएर,खाजा खाइवरी हजुरबाको नजिक गएर कथा सुन्न मन पराउथी।हजुरबापनि कथाको खानिनै हुनुहुन्थ्यो।कहिले भूत त कहिले अजङ्गको मान्छे खाने राक्षस त कहिले चोरहरुको कथा भनेर निकिताको मनमा डर उत्पन्न गराउन सिपालु हुनुहुन्थ्यो।एकदिन निकिताले अर्कै कथा भन्न हजुरबालाई जिद्दी गर्न लागि उक्त दिन हजुरबा भने कथा नभन्ने सुरमा हुनुहुन्थ्यो।हजुरबाले निकिताको अगाडी कथा नभनीकन सुख पाउनु भएन।बच्चाहरु स्वाभावले नै जिद्दी हुन्छन भन्नेमा हजुरबाले राम्रोसँग बुझ्नु भएको थियो।बालहठलाई कसैलेपनि नकार्न सक्दैन।"ल त्यसो भए म आज अर्कै कथा भन्छु,बीचमा छोडेर भाग्न पाइदैन नि!"हजुरबुवाले निकितालाई कायल पार्नु भयो।अघिपछि निकिता बिचैमा कथा छोडेर निद्रा लाग्यो भनेर जान्थी।तर आज हजुरबाले पहिलेभन्दा फरक कथा भन्ने भनेपछि आनन्द मानेर सुन्ने बाचा गरि उसले।   हजुरबाले कथा सुरु गर्दै हुनुहुन्थ्यो,एकादेसमा एउटा भुरी थिइ।भुरी असाध्यै चकचके थिइ।उ अरुको कुरा पटक्कै सुन्दिन थिइ।आमाले नचिनेको मान्छेसङ नबोल्नु,कसैले केही दिन्छु खाउ भनेर दियो भने नखा...