वर्षा याम थियोे। रमा,मन्जिला र कौशिका आगनमा खेलिरहेका थिए। विश्व महामारीले विद्यालय खुलेका थिएनन। वर्षामा किराहरु बाहिर निस्कने गर्दछन।
“उ कमिलाका हुल ! राता,काला कति हो कति!” रमाले आश्चर्य मान्दै कमिलाको छेउमा गइ।
उता हजुरआमाले हकार्नुभयो,”नजिक नजाओ है! टोक्छ।”
कमिलाले किरा घिसारेर ल्याएको देखेर अचम्मित हुँदै मन्जिलाले हजुरआमालाई सोध्छे। “हजुरआमा किन होला सबै मिलेर एउटा सानु किरालाई घिसारेका होलान् यी कमिलाहरु ले?”
मन्जिलाको कुरा भूइंमा खस्न नपाउदै हजुरआमाले भन्नुभयो, “हेर केटाकेटी हो यी कमिला साना छन। तर उनिहरुको बुद्धि कस्तो छ हेर त। यिनिहरु आपसमा मिलेर बस्छन। सबै मिलेर काम गर्छन। सबैले एक-अर्कालाई सहयोग गर्छन।” हजुरआमाको कुरा सुनेर कौशिकाले सोध्छे, “त्यसो भए कमिलाको जस्तै हामीले पनि एकाअर्कालाई सहयोग गर्नुपर्ने हो?”
“बल्ल मेरी नातिनीले कुरा बुझीछ भन्दै कौशिकालाई स्याबासी दिइन।
“तिमीहरुपनि आपसमा झैझगडा नगर्नु,मिलेर बस्नु,खानेकुरा बाडिचुडि खानु है। हेर त कमिलाहरुले कसरी त्यत्रो किरालाई बोकेर ल्याएका! आखिर सानो भएर के भो त सबै मिलेर गरेपछि हे र त!” हजुरआमाको कुरा ठिकै लाग्यो। सानो हुँदैमा कोहि कमजोर नहुदोरहेछ भन्नेकुरा केटाकेटीहरुले बुझे।
भित्रबाट आमाले कराउनुभयो, “होइन यी नातिनी र हजुराआमाको गन्थन कहिले सिद्दिने हो? भात सेलाइसक्यो।”
त्यतिन्जेल कमिलाका हुलले नेटाे काटिसकेका थिए। त्यसपछि सबै भान्सा तिर लागे …….।
भोला दुलाल
टोखा न.पा.१,काठमाडौं
२०७७/०४/०१
Post a Comment