"छोरीले लकडाउन भनेको के हो बाबा भनेर हैरान पारिसकी। आफूभने यो संकटबाट कसरी मुक्त हुने होला भनेर विलखबन्दमा परिरहेको छु।" - विनय सर त्यत्तिकै भुत्भुताउछ्न। "बाबा! बाबा! हाम्रो स्कुल कहिले खुल्छ?" "हैन तिमिलाई किन चाहियो?" जहिले खुलेनी भै गो नि यस्तो बेलामा स्कुल खोलेर के गर्ने जताततै हाहाकार छ।" "बाबा मैले अघिदेखिनै सोधेको सोध्यै छु यो लकडाउन भनेको के हो?" "हेर छोरी अहिले संसारमा कोरोना भाइरसको महामारी छ। तिमिले देखेकी छैनौ युरोप,अमेरिका,अफ्रिका एसिया सबैतिर कोरोना भाइरसले मान्छेको ज्यान लिइरहेको छ। हाम्रो देशमपनि यो रोगबाट बच्न सरकारले लकडाउन अर्थात घरभित्रै बसेर रोगबाट बच्न अनुरोध गरेको छ। त्यसकारण हामीहरु लकडाउनमा रहेका छौं।" "बाबा यो कहिले खुल्छ त?" "के थाहा छोरी यो महामारीबाट जहिले छुटकरा मिल्छ तैले।" बिनय सरले छोरीको प्रश्नको उत्तर दिनुभयो। उता छोरीको अनुहारमा अझै बेखुसीको रङ्ग देखिन्थ्यो। उसले स्कुलमा आफ्ना साथीहरु र गुरुआमाहरुलाई नभेटेको धेरै भयो। बिनय सरलाई छोरीको आखाका डिलमा छ्चल्किएका आसुले भ...
वर्षा याम थियोे। रमा,मन्जिला र कौशिका आगनमा खेलिरहेका थिए। विश्व महामारीले विद्यालय खुलेका थिएनन। वर्षामा किराहरु बाहिर निस्कने गर्दछन। “उ कमिलाका हुल ! राता,काला कति हो कति!” रमाले आश्चर्य मान्दै कमिलाको छेउमा गइ। उता हजुरआमाले हकार्नुभयो,”नजिक नजाओ है! टोक्छ।” कमिलाले किरा घिसारेर ल्याएको देखेर अचम्मित हुँदै मन्जिलाले हजुरआमालाई सोध्छे। “हजुरआमा किन होला सबै मिलेर एउटा सानु किरालाई घिसारेका होलान् यी कमिलाहरु ले?” मन्जिलाको कुरा भूइंमा खस्न नपाउदै हजुरआमाले भन्नुभयो, “हेर केटाकेटी हो यी कमिला साना छन। तर उनिहरुको बुद्धि कस्तो छ हेर त। यिनिहरु आपसमा मिलेर बस्छन। सबै मिलेर काम गर्छन। सबैले एक-अर्कालाई सहयोग गर्छन।” हजुरआमाको कुरा सुनेर कौशिकाले सोध्छे, “त्यसो भए कमिलाको जस्तै हामीले पनि एकाअर्कालाई सहयोग गर्नुपर्ने हो?” “बल्ल मेरी नातिनीले कुरा बुझीछ भन्दै कौशिकालाई स्याबासी दिइन। “तिमीहरुपनि आपसमा झैझगडा नगर्नु,मिलेर बस्नु,खानेकुरा बाडिचुडि खानु है। हेर त कमिलाहरुले कसरी त्यत्रो किरालाई बोकेर ल्याएका! आखिर सानो भएर के भो त सबै मिलेर गरेपछि हे र त!” हजुरआमाको कुरा ठिकै लाग्यो। सान...
Comments
Post a Comment