बाल कथा: गुडिया र सानी

बाल साहित्य 
कथा 
शीर्षक:गुडिया र सानी 

शनिबारको दिन थियो। आमाले सानीलाई चिडियाखाना घुमाउने विचार गर्नुभयो। फेरि जनावर भनेसी सानीको हुरुक्कै हुने बानी थियो। बुढानिलकण्ठबाट साझा यातायातको बस चढेर सानी र उनकी आमा दस बजेनै  चिडियाखाना पुगिसकेका थिए। अघिपछि भन्दा अलि भिड थियोे त्यहाँ। सानी दस वर्षभन्दा कम उमेरकी भएकिले टिकट परेन। तर आमाले टिकट लिएर आउँनुभयो। विभिन्न जनावरहरु बाघ,भालु,गैंडा,हात्ति,मृग,घोडा,जलगैंडा,कछुवा,गोइ जस्ता जनावरले सानीलाई मोहित बनायो। उता चराचुरुङ्गीहरुको बथान देखेर सानी अचम्मित भै। त्यहाँको मनोरंजनले सानिलाई लठ्ठ पार्यो। दिन ढलेको पत्तै भएन छ। उनिहरु फर्किने सुरमा थिए।
   
त्यत्तिकैमा एउटा सडक व्यापारीले,"गुडिया,गुडिया!"भन्दै सानी भएतिर आयो। सानीका अँखापनि गुडियातिरै तानिए। "मामु एउटा गुडिया किनिदिनुस न,मामु एउटा गुडिया!" आमाले सुनेको नसुनै गरिन। "सानी घरमा त्यत्रो गुडिया छ्न,तिमिलाई किन चाहियो अरु?"आमाले सम्झाउनु भो। तर सानिले पटक्कै मानिन। "नाईं मामु एउटा गुडिया त जसरीपनि चाहियो।" सानी रुन लागि। आफ्ना छोराछोरीको अाकाङ्क्षालाई कसलेपो नकार्न सक्छ र? आमाले सानीको लागि फेरि एउटा गुडिया किनिदिनु भो। सानीले पहिलाको भन्दा अलि बेग्लै गुडिया रुचाउँछे। कालो लामो कपाल,ओठमा लाली लगाएकी,पातली र फुर्तिली आफूजस्तै केटी गुडिया रोज्छे। किनकिन सानीलाई त्यही गुडिया मन पर्यो। सानी र उनकी आमा बेलुका अवेर घर आईपुग्छ्न।
 
 सानी र उक्त गुडियामा अचम्मको मिलाप थियो। बरु सानी भात खान विर्सन्थी तर गुडिया एकछिन भएन भने रुन थाल्थी। बेलुका सुत्ने बेलामा गुडियालाई लिएर सुत्ने गर्थी उ। कहिलेकाहीँ आमा दिक्क हुनुहुन्थ्यो सानीको व्यवहार देखेर। एकदिन आमाले अब त हद भयो भनेर गुडिया लुकाईदिनु भएछ। तर सानी गुडिया नपाउदा सधैं घुस्स पर्ने,खानापनि नखाने र कसैसँग नबोल्ने गर्नथालि। स्कुलमापनि रोएरै दिन काट्थी उ। सानी बिस्तारै दुब्लाउदै गै। सानीले गृहकार्यपनि गर्न छाडि। एकदिन आमा सानीको समस्या लिएर विद्यालय जानुभयो। आमाले सानीको बारेमा सबै कुरा सुनाउनु भयो। हेडसरले सबै कुरा बुझिसक्नु भएको थियो। "शाहेद सानीले आफ्नो मनपर्ने वस्तु नपाएर यस्तो भएको हुनुपर्छ। एकचोटि उसलाई मनपर्ने वस्तु दिएर हेर्नुस। केही परिवर्तन आउनेछ। हेड सरको कुरामा आमा सहमत हुनुभयो। आमाले सानीलाई त्यही  गुडिया दिनुभयो जुनमा सानीको मन असाध्यै गढेको थियो। एकाएक सानीमा  परिवर्तनका आशा उघ्रीयो।

(राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाहरु प्रती समर्पित)
भोला दुलाल
टोखा न.पा१
२०७६/०५/२९

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल