"विवशतामा बाँचेको म"
कविता
अनिदो रातमा
मनभित्र उब्जिएका
एक चाङ संसयहरु
बिर्सिएका स्मृतिले
पुनः नुनचुक लगाउछन।
घाउ
बल्झिन्छ,दन्किन्छ आगो र पोल्छ भत्भती
अन्तरमनका सम्बेग उछालिन्छ्न
समुद्रको छालजस्तै
चिसो अँध्यारोमा
एउटा बिम्ब टल्किन्छ
फेरि निभ्छ
निरन्तर लुकामारी जारी गर्छ
दुनियाँ,प्रतिक्रियाको प्रतिक्रिया दिन्छ
त्यो मर्ममाथि खेल्छ
दानवी हाँसोको खित्का छोड्छ
अनि रुमल्याउँछ
मरभूमिमा मृग रुमलिएझैं
बेसहारा मन लिएर
जीवन रूपी डुङ्गामा सयर गर्दैछु
पूर्व क्षितिजमा
एउटा आशाको सुक्ष्म किरण अंकुरण हुन्छ
त्यही अंकुरित बिम्बको सहारा खोजिरहेछु
हो म विवशतामा बाँचिरहेछु।
-निर्मोही(२०८२-०१-२३)
Comments
Post a Comment