कुनै बेला टुकीको धिपधिपे उज्यालोमा कनिकुथी स्वस्थानी पढिन्थ्यो।शिव र पार्वतीका प्रेम प्रसङ्ग औधी चाखलाग्दो गरेर सुन्ने सुनाउने परम्परा थियो।हामी शिवको नाङ्गो रूपलाई परमात्मा देख्छौं।शिवको भौतिक शरीर यद्यपि अहिलेसम्म कसैले देखेको छैन।परिकल्पनामा तिनै नागको माला लाउने,बाघको छाला ओढ्ने,खरानीको बिगुत लाउने,गाँजा,भांङ र धतुरो खानेलाई हामी शिव मान्छौ। "हजुरआमा हजुरआमा महादेवले किन लुगा नलाउनुभएको?"सन्देशले हजुरआमालाई प्रश्न गर्यो। हजुरआमा अक्क न बक्क हुनुभो। "कतै भगवानले लुगा लाउँछ्न त!हजुरआमाले सन्देशको जिज्ञासा मेटाउन खोजिन्।सन्देश अझै सन्तुष्ट भएन। "अनि भगवानलाई लाज लाग्दैन हामीलाई मात्रै लाग्ने हो?" सन्देश झनै हौसियो।यो पटक त झन् हजुरआमा खै के भनुँ भनुँ भो। "हरे राम होइन यो केटो सङ नसक्ने भएँ म त।धत् भगवान भनेको त ठूलो मान्छे पो हो त।उसलाई के को लाज!" "उसोभए हाम्रो बाबा,हाम्रो सर र पल्लोघरको अंकलपनि ठूलो हुनुहुन्छ खोइ उहाँहरुलाईपनि लाज लाग्दैन हो?" नाति हजुरआमाको गन्थन चलिनै रह्यो।अब हजुरआमा नातिको जिज्ञासा् मेटाउदा आजितनै भैसक्नु भएको थियो।सन्देश हजुर आमको काखमै निदायो।तेतिन्जेल हजुरआमाको आँखाले घुम ओढिसकेका थिए। २०७९/१०/१७ काठमाडौं
Post a Comment