कक्षा आठका विद्यार्थीहरु बिहानै देखि विद्यालय हातामा सरसफाइ र वृक्षारोपण गर्दै थिए।नजिकै एकजना व्यक्ति प्लास्टिकको थुप्रो पोल्दै थिए।रीता,सम्झना र बिरु हत्तपत्त गएर प्लाष्टिकजन्य बस्तु नपोल्न अनुरोध गरे। ती व्यक्ति साना बालबालिकाको कुरा के सुन्थे र।जोडले कड्किदै भन्न थाले। -"म मेरो घर वरपर जेसुकै गरौं तिमीहरूलाई के मतलब?फेरि मैले मेरो घरको कम्पाउन्डमा बालेको छु।कसैको घरमा गएर बालेको त छैन नि!" -बिरुले भन्यो।"तपाईंले कुरा बुझ्नुभएन अंकल!हेर्नुस् हाम्रो सानो गल्तिले तपाईंलाई मात्रै होइन सबै मानव जातिलाई असर गर्छ।प्लाष्टिक तथा अन्य नगल्ने वस्तु बाल्दा वातावरणमा ठूलो असर पर्छ भन्ने कुरा सम्झाउन पर्ने हो र?" -"मेरो घरको प्लाष्टिक मैले आफ्नै घरमा बालेको छु।अन्त गएर बालेको त छैन नि?"ऊनी अझै अटेरी गर्दै थिए। -त्यत्तिकैमा रीताले भनि,"अंकल तपाईं राम्रो गरि सम्झाउदा नमान्ने हो?त्यसो भए हामी प्रहरी बोलाएर ल्याउ?तपाईं आफ्नो मात्रै ज्यान जोखिममा पार्दै हुनुहुन्न।अरुकोपनि ज्यान जोखिममा पार्दै हुनुहुन्छ।" प्लास्टिक बाल्ने ती व्यक्ति अलि हच्किए। "यति सानो कुरामापनि प्रहरी बोलाउन पर्छ त?मलाईपनि थाहा छ प्लास्टिक बाल्नाले प्रकृति र मानवलाई कस्तो असर गर्छ भनेर।तर प्लास्टिक कसरी व्यवस्थापन गर्ने भन्ने गार्हो कुरा भयो र पो!" अगाडि सर्दै सम्झना फेरि सम्झाउन थाल्छे। -"सकेसम्म प्लास्टिक प्रयोग गर्दै नगर्ने।गर्नै पर्यो भनेपनि पुनः प्रयोग गर्ने अथवा नगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा पठाउने।" एकछिन सम्म निकै घमण्डका साथ प्रस्तुत भएका ती मान्छे केहि मत्थर भए।प्रकृति र मानवको सुरक्षाका लागि आफूपनि बालबालिकालाई सहयोग गर्न तत्पर भए। भोला(वियोगी)२०८०/०२/२१
Post a Comment