पाली जसरीपनि घर आउने वाचा गरेकी थिइ आइतीले।घर फर्के पछि आमालाई स्वयम्भू ,पशुपति र नमोबुद्द दर्शन गर्न जाने भनेकीपनि थिइ रे उसले।आइती आमाकी कोख पुछुवा छोरी भनेर गाउँघरमा सबैले भन्ने गर्थे।अरुले एस.एल.सी.भन्दा माथी पढेपनि आइतीले एस.एल.सी.उतिर्ण गर्न सकिन।तरपनि आइती बोलचाली,घरधन्दा,मेलापात र अर्मपर्ममा सबैको रोजाइमा थिइ।आइती घर आउने भनेपछि आमाले चामलको जाँण हालिदिएकी पनि थिइन।आइती चामलको जाँण भनेपछि हुरुक्कै हुन्थी। एकदिन समसाँझै आइतीले फोन गरि,"ङादिमी हाजिबका बप्स्याङ थानु आमा।" उता आमालेपनि छोरीको इच्छा बुझेर झटपट भनिन,"ला ला ङाई स्याङ् थान्ना।आइती वैदेशिक रोजगारमा गएपछि परिवारमा आर्थिक समस्या खासै थिएन।कोदो मकैले वर्षदिन धान्थ्यो।आइतीको बाबु धेरै रक्सी सेवन गरेर अल्पायुमा मरे।आइतीका दाज्युभाइहरु कोहि कामको खोजीमा भारत र काठमाडौंतिर थिए।त्यही त होनि "बार छोरा तेर नाति बुढाको धोक्रो काँधमाथी"भन्ने त उखानै छ।छोराहरुले घरको बारेमा चासो कहिल्यै राखेनन।खाली आइतिले पठाएको पैसाले घर खर्च चल्थ्यो।समय बितिरहेको थियो।एकदिन आइतीको साथिले फोन गरि,"आसु आइती आहाम्बा मुला।थे अस्पताललि मुला।"आमाको बोली झ्याट्ट रोकियो।"तिगि ताजी थे दा कान्छी?"थेदा कोरोना हाजी!" आमा अवाक् भइन।"थेला ज्यान ख्याल थानो ल।"आमाले कान्छीलाई सम्जाइन।" ला ला ङाइ ख्याल थान्ना आसु"कान्छीले भरोसा दिइ। उता आइतीलाई कोरोनाले गाल्दै लग्यो।आइतीको अवस्था नाजुक भयो।कुनैपनि उपचार काम लागेन।डाक्टरले मृत्यु घोषणा गरिदिए। यता आइतिको घरमा रुवाबासी मच्चियो।लास आउने कुनै ठेगान थिएन।आइतीकि आमा तीनदिन देखि अचेत थिइन।बल्लतल्ल होस त आयो तर महिनौ हुँदानि लास नआइपुग्दा अन्यौल छाएको थियो।केहि समयको खुशी चकनाचुर भयो।यस्तै छ नेपालीको नियती.........! २०८/०२/१७ वियोगी
Post a Comment