Thursday, April 11, 2024

 छोटो कथा 


      शीर्षक: "पश्चाताप"


समय धेरै अगाडि बढिसकेको छ।पहिले पो मानिसहरू बाहिर फेर कुरा गर्न धक मान्थे।अहिले त्यस्तो रहेन।मान्छेहरु आ-आफ्नो वैयक्तिक स्वतन्त्रताको कुरा गर्छन्।आफूलाई कुनै बन्धनले बाँधेर राख्न चाहन्नन् मान्छे।आफ्नो इच्छा जे छ त्यसैमा रमाउछ्न् आजभोलीका मान्छेहरु।वर्तमानमानलाई सर्वश्व ठान्छन् र भविष्यको त्यति ख्याल् गर्दैनन् ।अनि पश्चातापको भुङ्रोमा पोलिनु बाहेक केहि रहन्न।


त्यस्तै,रिमा आफ्नो लोग्ने सङ छुट्टीएर एक्लै बसेकी छ।उसकी साथी ममताले एकदिन फोन गरि।"हे यार कहाँ छेस्?आइ मिस्ड यु अ लट!"सायद ममतापनि लोग्नेसङ छुट्टी सकेकी छे।दुबैको एउटै समस्या थियो कि श्रीमानले हेरेक कुरामा शंकाको नजरले हेर्यो।अहिले उनिहरुलाई केहिको बाधा छैन।मोज,मस्ती र रमाइलो यी सबै कुरा उनीहरुको दिनचर्यानै भएको छ।रिमाको एउटा छोरापनि थियो।"व्हे(र) इज यो(र) सन?"ममताले रिमालाई सोधी।तेतिन्जेल सम्म रिमाको आँखामा आँसु टिलपिल गर्दैथ्यो।लोग्नेसङ नरहेपनि उसले छोरालाई जन्मदिएकी हो।आखिर कुनचाहिं आमाको आफ्नो सन्तानप्रति माया हुन्न र?

"छोरालाई नभेटेको दुई वर्ष भयो।"रिमाले रुञ्चे स्वरमा जवाफ दिई।"दिस इज टु स्याड!बट डन्ट वरि!"ममताले आफ्नो ब्यागबाट व्हिस्की निकाली।दुईवटा गिलासमा व्हिस्की खनाइ ममताले।लेट्स एन्जोय डार्लिङ भन्दै रिमालाई पिउन भन्छे।तर रिमा संकोच मान्छे।कुनैकुनै अकेजन बाहेक रिमाले रक्सीको आदत बनाएकी छैन।लोग्नेसङको बिछोड,काखको छोरा गुमाउन पर्दाको पीडा र आफन्तबाट टाढा हुनुपर्दाको एक्लोपन भूल्न रक्सी र चुरोटको सहारा लिइ उसले।ममता जो उसकी साथी थिइ जसले समेत रिमालाई सम्हाल्नुको सट्टा बिगार्न मद्दत गरि।शारीरिक सन्तुष्टिका लागि उसले अनेकौं लफङासङ सम्बन्ध जोडि।


चुरोट र रक्सीको सेवनले उसको शरीर शिथिल थियो।एकदिन उसले हस्पिटलमा आफ्नो स्वास्थ परिक्षण गरि।डाक्टरले क्यान्सर पोजेटिभको रिपोर्ट दिएर भने",यु आ(र्) टु लेइट रिमा जी!"डाक्टरको कुरा सुनेर रिमाको शरीर एक्कासि काम्यो,छाला फर्फरायो,ओठमुख सुक्यो।ऊ भूइंमा लडि।एकछिन पछि होस आयो।आफूलाई बिलकुल एक्लो महसुस गरि।अब उसङ न जीवनभर साथ दिने श्रीमान थियो,न छोरा थियो न त उसङ गलत बाटोमा हिंड्न् उक्साउने ममता थिइ। त्यस्ती दोहोरो आङ भएकी,सुन्दर अनुहार र फूर्तिलो ज्यान परेकी रिमा दुब्ली,निन्याउरो र रोगी शरीर लिएर मन्दिरको सत्तल,पाटी र चोकमा माग्दै डुल्दै हिंड्छे।आजभोलि उसलाई पश्चातापको रापले पोलेको छ।


भोला दुलाल(२०८०-१२/२९)

Post a Comment