लघु कथा

शीर्षक:"घर न घाट"

दिन ढल्दै थियो।करुणा सुँक्क-सुँक्क गरेर रुँदै थिइ।अब जति रोएपनि के फाइदा छ र?अरुको बहकाउमा लागेर बाउले आँगन

पोलेर दिएको लोग्ने छोडिदिइ।संगै सुतेपछि लात्ती लाग्छ जुन अवस्य सहनुपर्छ।सानो कुरामा लोग्नेसङ मनमुटाव भएपनि सम्बन्ध चाहिँ बिगार्न हुन्नथ्यो।भन्न त न्यायाधीशले कयौपटक नसम्झाएका होइनन्।फैसला हुनुभन्दा अगाडि न्यायाधीश डोलप्रसादले भनेका थिए।"हेर्नुस् करुणाजी हतारमा निर्णय नगर्नुहोस्।अझैपनि केहि बिग्रेको छैन।सम्बन्ध प्रगाढ बनाउनोस् आफ्नो लोग्नेसङ।"न्यायाधीशको कुरा सुनेको नसुनेझै गरि करुणाले।"अब जतिसुकै गरेपनि फुटेको गाग्रो जोडिन्न्न श्रीमान् ।म मेरो कुरामा विचलित छैन।"नारी हठको अगाडि कसको के लाग्छ र?" "श्रीमान् बरु मेरो छोरा मै सङ हुन्छ नि?"आत्तिएको मनले न्यायाधीश समक्ष जिज्ञासा राखी करुणाले।छोरा को इच्छा अनुसार डोलप्रसादले पाँच वर्षसम्म उसैको जिम्मेवारी बाबुको हो भन्दै छोराको साथ पाउने करुणाको झिनो आसलाई मार्दै फैसला सुनाए।करुणा स्तब्ध भइ।


सुरुमा हामी छौं केहिको चिन्ता नमान्नु भन्ने कथित आफन्त र साथीहरू अहिले केहि वास्ता गर्दैनन् करुणालाई।आखिर अर्काको लहलहैमा छँदाछदैको घरबार बिगार्न कतिबेर लागेन उसलाई।अंगाला भरिको लोग्ने मात्रै गुमाइन उसले गैराघरे साहुको बुहारी हुनुको वैभवपनि गुमाइसकेकि छ उसले।समय बित्न कति पो लाग्छ र?अचानक उसले आफ्नो पूर्व पतिले नयाँ घरजम गरेको थाहा पाइ।कम्ता मन कुँडिएन उसको।


बाटामा मानिसहरू कुरा काट्दै थिए।"करुणाको बुद्धि बिग्रेकोले आज ऊ घर न घाटको भइ।"करुणा आफ्नो ललाटमा हिर्काउँछे।अब जतिसुकै गरेपनि बगेको खोला र बितेको समय फर्कन्न क्यारे!

-भोला दुलाल

२०७९/१२/१०

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल