शीर्षक:"निरुता"
"निरुता!ए निरुता यता आउन बा!"हजुरआमा बेस्सरी च्याँठिन्छिन्।
"आएँ हजुरआमा किन कराउँनु भएको?"निरुता तल्लो घरबाट बाहिर निस्कदै हजुरआमा तिर दगुर्छे।
"हजुरआमा!हजुरआमा तल्लो घरको कालीको बाबा हिजो विदेशबाट आउनुभएको रे।हाम्रो बाबा पनि विदेश जानुभएको किन नआउनुभएको अहिलेसम्म?मैले त अहिलेसम्म बाबालाई देखेको छैन।"निरुताको आँखाभरी आँसु टिलपिल भयो।हजुरआमाको गला अवरुद्ध भो।निरुताको जिज्ञासा्लाई कसरी शान्त पार्ने भन्ने सुर्ता भो ऊनलाई।ऊनी साच्चिकै अवाक् भइन।
"भन्नु न हजुरआमा मेरो बाबा कहाँ हुनुहुन्छ?कालीको बाबा जस्तै मेरो बाबा घर आउनुहुन्न।फेरि कालीको बाबाले उसलाई के के ल्याइदिनुभएछ।मेरो लागि बाबाले केहि ल्याइदिनुहुन्न?"निरुता जिद्दी गर्न लागि।विचरी हजुरआमा सारै बिलखवन्दमा परिन्।निरुतातिर फर्केर हजुरआमा भन्न लागिन्,"हेर् नातिनि तेरो बाबा कालीको बाबाजस्तै विदेश गएको थियो पैसा कमाउन।हामीलाई दैबले गर्नुगर्यो।तेरो बाबा अब कहिल्यै नआउने बाटो गयो।तेरो आमा तेरो बाउको वरखीपनि पुरा नगरी पोइल गई।यि सब हुँदा तँ जम्मा छ महिनाको मात्रै थिइस्।"हजुरआमाले मनमा गाँठो पारेर भनिन्।निरुताको अनुहार एक्कासी मलिन भयो।यो पल्ट निरुताले कुनै प्रश्न गरिन।
हजुरआमाले आँखाको आँसु पुछ्दै भनिन्।"निरुता मलाई तेरो धेरै माया लाग्छ।छ महिनाको दुध कटुवा हुर्काएको तँलाई।तेरि आमा पापिनीले छोडेर गहि।तेरा आफन्त कसैले हेरेन्।अब त मेरो पनि मर्ने बेला भैसक्यो।यदि मलाई तलमाथि केहि भयो भने तेरो हरिबिजोग हुन्छ।"नातिनी हजुरआमाको गन्थन चलिनै रह्यो।....
समय व्यतीत हुन कति बेर लाग्छ र?निरुताले राम्रो मिहिनेत गरेर पढि।त्यतिन्जेल हजुरआमापनि यो संसारबाट बिदा भैसकेकि थिइन।हजुरआमाको आशीर्वाद र निरुताको परिश्रमले उसले एच.ए.पढेर गाउँकै दिनदुखीको सेवा गर्न लागि।उसले हजुरआमाको नाउँमा एउटा स्वास्थ केन्द्र खोलिदिइ..........!
-भोला दुलाल
२०७९/१२/१५
Post a Comment