Thursday, March 2, 2023

"कमरेडको रुपान्तरण"

  लघु कथा

 गाउँ घरमा प्रतीक नामले परिचीत कमरेड आजभोलि चिनि नसक्नु पो भएछन्।क्रान्ति र परिवर्तन चर्को भाषण गर्न कम्ती सिपालु थिएनन् ।त्यहि त हो नि गाउँतिर त्यति पुगिसरि थिएन उनको परिवारमा।साहुको बनिबुतो गरेर मुखाँ माण नलाग्ने प्रतीक छुस्स दारी,खाउटे शरीर र फुटेका खुट्टा लिएर संगठनऊनी। निर्माणमा जुट्थे।सामाजिक कुरीति र भेदभावका विरुद्ध ठूलै आन्दोलनपनि छेडेका थिए ऊनले।कथित तल्लो जातसङ सामुहिक भोजन पनि गराए।धेरै समय जनताकै बीचमा साथै रहे।भन्ने गर्थे,"अब गरीबका दिन आउन धेरै छैन।तपाईंहरु ढुक्क हुनुहोस् ।"जे होस कमरेड धेरैको आँखाको नानी थिए। समय बदलिन कतिबेर लाग्छ र?कमरेड सहर पसे।बिस्तारै सहरको रसबस बस्दै गयो।ठूलाठूला नेता,व्यापारी र कर्मचारीको संगतले हो वा अरु केले हो प्रतीक कमरेडपनि बदलिएछ्न।ऊनीमा आएको बदलाव अचम्मको थियो।ठूलो बङ्गला,गाडी र घरभित्रको सजि-सजावट।ऊनी सर्वहाराको कुरा गर्थे।तर अब उनि सर्वहारा त रहेनन् नै ऊनी त नवधनाड्य धेरै रहेछन।अचम्म लाग्दो कुरा त के भने त्यो पोषण नपुगेर भएको पिलन्धरे शरीर त रातोपिरो पो भएछ। भलाद्मी र भारदारी शैली झनै रुपान्तरण भएछ।अरुले नबोलाएपनि घुस्रिएर बोल्ने उनको बानी परिवर्तन भएछ।पहिले त भन्ने गर्थे,"अब शहरकाले पढ्ने र गाउँकाले पढ्ने शिक्षा एउटै हुन्छ।"उनका छोराछोरी महँगो स्कुलमा छ्न रे। एकदिन गाउँकै सहयोद्द्दा कमरेड गाउँको समस्यालाई लिएर भेट्न गए।प्रशासनको धरपकड हुँदा सास्ती दुबैले पाए।एउटै ओछ्यानमा सुत्ने र एउटै थालमा खाने कमरेडलाई चिनेन्।कमरेड अवाक् भए,"उफ्!क्या समय आएछ।हिजो मेरो घरमा उग्रेको भात खाएर हिंड्ने मान्छे मलाई चिन्दैन।............अमिलो मन लिएर सहयोद्दा कमरेड फर्किए। भोला दुलाल २०७९/११/१८

Post a Comment