छिनेको कम्मर,अल्को निधार,लामो कपाल र स्याउका दानाझैं उठेका छाती र हाँस्दा दुबै गालामा डिम्पल पर्ने पार्वतीको शरीर कुनै कालिगडले फुर्सदमा कोरेको चित्र भन्दा कम थिएन।सिल-स्वभावमा पनि कमि थिएन उसमा।मिठो बोलि बोल्थि ऊ।सानैमा आमा गुमाएकी पार्वती हजुरबुबाको रेखदेखमा हुर्केकीले होला अलिकति चञ्चले स्वभावकी थिइ नै।गाउँघरमा भनिन्छ नि टुहुराहरु अलि मात्तिन्छ्न्।उमेरले भर्खर पन्ध्रमा टेकेकी पार्वतीमा बैंसको चिन्ह देखिदै थिए।एक दिन हजुरबा ले भन्नु भो,"नातिनी म अब डुब्ने बेलाको घाम भएँ।मर्नु भन्दा अगाडि तिम्रो राम्रो घरजम भएको हेर्न मन छ।"हजुरबाको कुरो सुनेर पार्वती दङ्ग पर्छे!"अँ म केहि काम नपाएर बिहे गर्छु नि!"पार्वतीले हजुरबाको कुरालाई नकार्दै भनि।तर ऊ भित्रभित्रै बिहेको कुरा सुनेर पुलकित भई।पढ्नमा उति सारो जाँगर लाउन्नथि ऊ।"आखिर पढेर हात्ती मोटाएको होइन नि!"भन्ने गर्थि पार्वती।त्यहि त हो नि हुर्केकी र यौवनले छपक्कै छोपेकि नातिनीको पिरलो थियो हजुरबुवालाई। पुरानो सोचको मान्छे भएर होला उनलाई नातिनीले नाक काट्छेकि भन्ने औधी डर थियो।फेरि गाउँघरमा अपराधिक मानसिकता बोकेका मान्छेहरुको आँखा पर्छकि भन्ने उत्तिकै त्रास थियो।नभन्दै पार्वतीको मन पल्लो गाउँको जोग प्रसाद पण्डितको छोरामा गढ्यो।हेर्दामा खाइलाग्दो,दोहोरो आङ भएको,अल्को कद,हृष्टपुष्ट शरीर थियो उसको। पार्वतीले भित्रभित्रै मन पराउँथि उसलाई।तर पन्डितको छोराले त्यति वास्ता गर्दैनथ्यो।पार्वतीले पण्डितको छोराको बाटो ढुकेर बस्थि।अनेक बहाना बुन्दै पण्डितको छोराको आँखा आफूतिर तान्न कोशिश गर्थि।एकदिन दुईदिन बित्दै गयो पार्वतीले आफ्नो मोहजालमा पारि छोडि।अगेनामा घ्यू राखेपछि त्यसको गुण पग्लिनु बाहेक के हुन्छ र?पार्वतीको अगाडि पण्डितको छोराको जोर चलेन।पार्वतीलेपनि आफ्नो वर्षाै देखिको अभिलाषा पुरा गरिदिइ।विवाह पूर्वनै पार्वतीले आफ्नो सर्वस्व लुटाइदिई।पछि हुने परिणामको ख्याल गरिन उसले। राम्रो बिज रोपेको छ भने त्यसको फल राम्रै आउँछ।तर नराम्रो कर्म गरेपछि जस्तोसुकै परिणाम पनि भोग्न तयार हुनुपर्छ।पार्वती दुई जिउकी भइ भन्ने हल्ला चल्न थाल्छ।एक कान दुई कान मैदान भनेझैं कुरा गाउँभरी फैलियो।यो कुरा हजुरबाको कानना पनि पुग्यो।कहिल्यै नराम्रो नगरेको र नराम्रो नचिताएको मान्छेलाई यो कुराले चोट पुर्यायो।त्यही पिरले हजुरबाले प्राण त्यागे।पार्वती घर न घाटकी भइ।गाउँले जिब्रो काढे,"कहिल्यै अर्काको नराम्रो नगरेको व्यक्ति आज आफ्नै नातिनीको कारणले बिते।"सुरुमा त पण्डितका छोराले पार्वतीलाई स्विकार्न चाहेनन् ।तर महिला संघसंगठनको दबाबले स्वीकार गरे।पार्वती यतिबेला आफ्नो पुर्पुरोमा हात राख्छे। भोला दुलाल २०७९/०१/१७
Post a Comment