लघु कथा
शीर्षक:"भाग्यको खेल"
श्रावणको महिना आजभोलि हिन्दू नारीहरु शिवजीको आराधना र उपासना गर्छन्।भगवान शंकरलाई दया र करुणाको प्रतीकको रूपमा लिइन्छ।खरानी घस्ने,मसानमा बस्ने,भूत र प्रेत लाई अघिपछि लगाएर हिड्ने महादेवको काखमा अत्यन्तै परम सुन्दरी स्त्री पार्वती सुहाएकि छिन।पार्वती र महादेवका बीच अटुट मायाको सन्दर्भ प्रचलित छ।शिवजीको भक्ति र अनुष्ठान गरे आफ्ना पतिको दिर्घायु,सन्तान सुख र आरोग्य हुइन्छ रे।
सोमबारका दिन पवित्रा,राधा र सुशीला नाडीभरी हरियो चुरा,पहेँलो सारी र रातो ब्लाउज लगाएर उ भन्दा उ राम्री भएर मिनाको घरको बाटो हुँदै आउँछ्न।मिना भने निन्याउरो मुख लाएर दैलो-कसेर गर्दै थिइन्।
"ए मिना आज सोमबारको दिनपनि किन अँध्यारो मुख लाएर बसेकी हँँ?"पबित्राले प्वाक्क मुख फोरि।पबित्रा भनाइले मिनाको हृदय छियाछिया भएछ क्यारे आँखाबाट आँसुका बलिन्द्र धारा छुटे।
"धत् यसको होस नगरिकन बोल्ने बानिपनि कहिल्यै गएन खोइ!पोहोर मात्रै.......।"राधाले झपारि पबित्रालाई।
संसार सुखैसुख र दुखैदुखले भरिएको छैन।त्यति राम्री मिनाको भाग्य फु्ट्याे त के गरौं।दुबै मृगौला फेल भएर लोग्ने मरेको एक वर्ष बित्यो।मिना गज्जब घरमा परि अब उसको भाग्य चम्कियो भन्थे भन्न्लाई।लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा लोग्नेको न्यानो माया र स्पर्श पाइन् उसले। ऊ भित्रका अनगिन्ती आकाङ्क्षा र चाहनाहरु दबिए।सङसाथीहरु आफ्ना लोग्ने च्यापेर खितिति हाँस्दै हिंड्दा उसको भित्री मन कति जल्दो हो कठै!
"कस्तो समाज!हामी नारी कति अभागी होइ?लोग्नेले स्वास्नी मरि भने काजकिरिया गरेको भोलिपल्टै अर्कि स्वास्नीकोखातिर खुट्टा ठटाउँछ।तर हामी भने अर्काको लागि बिधवा बस्ने?सुशीलाले अपसोच मानी!
त्यतिन्जेल सम्म मन्दिरमा घुइँचो बढ्यो।
आजभोलि त मिनालाई पोइ टोकुवाको आरोप लाग्यो।
आ-आफ्नो भाग्यको खेल।
२०७८/०४/१३
Post a Comment